ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अनलाइनबाट दैनिक २ हजारको दुनाटपरी विक्री

२०७८ असोज, १५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । घरमै बसेर प्रविधिलाई पछ्याउन सके राम्रै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् विराटनगर–४ अच्युत मिलका खड्ग विष्ट । उनले घरबाटै अहिले दैनिक २ देखि ३ हजारसम्मको दुनाटपरी विक्री गरिरहेका छन् । दुनाटपरीको विक्रीबाट ४० प्रतिशतसम्म नाफा गर्छन् ।

उनले दुनाटपरी डटकम भन्ने फेसबुक पेजमार्फत ब्यापार बढाएका छन् । अनलाइनबाटै अर्डर पनि आउँछ, उनी होम डेलिभरि गरिदिन्छन् । सोह्रश्राद्ध परेकाले अहिले उनलाई भ्याइनभ्याई छ ।

विवाह, व्रतबन्ध, पूजाजस्ता धार्मिक कार्यक्रमदेखि माासिक, श्राद्धजस्ता पितृ कार्यका लागि आवश्यक पर्ने दुुना, टपरालगायत सामग्री उनले अनलाइनमार्फत विक्री गर्दै आएका छन् । उक्त कामका लागि उनले केही घरेलु महिलालाई समेत सानोतिनो रोेजगारीको अवसर पनि दिएका छन् ।

लामो समयसम्म व्यापार व्यवसायको बजारीकरणको अनुभव सम्हालेका विष्टले किराना पसलसँगै दुनाटपरी, सालको पातलगायत पूजासामग्रीको अनलाइन व्यापार थालेको बताए । उनी सुनसरीको रामधुनी र प्रकाशपुर क्षेत्रबाट सालको पात ल्याउँछन् । आफ्नो घर आसपासका शीप भएका फुर्सदिला महिलाहरूलाई दुनाटपरी गाँस्न दिन्छन् । त्यसका लागि उनले निश्चित पारिश्रमिक दिने गरेको बताए ।

‘घरमा त्यसै बस्ने दिदीबहिनीहरूले आपूmले जानेको शीप प्रयोग गरेर दुनाटपरी गाँस्न पात लैजानु हुन्छ, दुनाटपरी तयार पारेर दिनुहुन्छ हामी उहाँहरूलाई निश्चित पारिश्रमिक दिन्छौं,’ विष्टले भने । मोरङको गछियामा समेत दुनाटपरी गाँसेर आफूले ल्याउने गरेको उनले बताए ।

करीब ९ महीना अघिदेखि थालेको दुनाटपरीको अनलाइन व्यापार अहिले निकै बढेको विष्टको भनाइ छ । फेसबुकमा दुनाटपरी डटकम पेज खोलेर व्यापार शुरू गरेलगत्तै धेरै जनाले चासो देखाएको र दुनाटपरी र पातको समेत धमाधम माग हुन थालेको उनी बताउँछन् ।

अहिलेको पुस्ताका धेरैजसोे महिलाहरूले दुना टपरी गाँस्न नजान्ने मात्र होइन, झन्झट समेत मान्ने भएकाले तयारी दुना र टपरीको माग बढिरहेको विष्ट बताउँछन् । ‘भनेको बेला पात पाइँदैन, सिन्का पनि खोज्नुपर्‍यो, अनि शीप, समय पनि हुनुप¥यो, त्यसैले तयारी दुनाटपरी धेरैले खोज्छन्,’ उनी भन्छन् । विराटनगर बजारका धेरै पसलमा आफूले दुनाटपरी उपलब्ध गराउँदै आएको उनले बताए ।

अहिले सोह्रश्राद्धको समय भएकाले श्राद्धका लागि दुनाटपरीको माग बढी भइरहेकोे विष्टले बताए । सोह्रश्राद्धमा बिट नफर्किएको टपरी प्रयोग हुने गरेको उनी बताउँछन् । सोह्रश्राद्धका लागि ५ ओटा ठूला टपरी, २० ओटा साना टपरी र ५० ओटा दुनाको प्याकेज बनाइएको छ ।

त्यसका लागि ४ सय ३० रुपैया मूल्य निर्धारण गरिएको छ । खुद्रा मूल्य भने ठूलो टपरी प्रतिगोटा २० रुपैयाँ, साना टपरी प्रतिगोटा १० रुपैयाँ र दुना प्रतिगोटा साढे २ रुपैयाँ निर्धारण गरिएको विष्टले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)