डोल्पा । उपल्लो डोल्पाका किसानले हिउँदेबाली भिœयाउन थालेका छन् । उपल्लो डोल्पाका डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका किसानले हिउँदेबाली भिœयाउन थालेका हुन् । उच्च हिमाली भेगका साथै अत्यधिक चिसो कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएको अन्नबाली (उवा) अहिले भित्र्याउन शुरू भएको डोल्पाबुद्ध गाउँपालिका–६ सिमेनका प्रेमा गुरुङले बताए । अन्य समयमा हिउँले सेताम्मे हुने उपल्लो डोल्पामा अहिले उवा पोकेर पहेँलपुर छ ।बिहानदेखि बेलुकीसम्म यहाँका सबै स्थगानीयवासी खेतबारीमै व्यस्त हुने गरेका छन् । उवा भित्र्याउन गाउँभरमा एकै साइत कुर्ने चलन छ । उपल्लो डोल्पाका सिमेन र भिजेर गाउँमा गहुँ उत्पादन हुने गर्दछ । अन्य ठाउँमा उवा बढी उत्पादन हुने गरेको छ । आकाशे पानीको भरमा उवा र गहुँ वैशाखमा लगाइन्छ भने असोजमा भित्र्याउने काम हुन्छ ।
हिमालमा धेरै पानी पर्दैन । उवाका लागि पानी आवश्यक हुन्छ । पानी परेपछि यसले धेरै उत्पादन हुन्छ । उवाको रोटी, सातु र अरू परिकार बन्छ । रोटीका साथै सातु पनि स्थानीयवासीले खानाको रूपमा खान्छन् । सरकारी अनुदानको चामल नियमित नहुँदा प्रायः उवा नै खाने गरिन्छ । व्यापारीले पुर्याएको चामल धेरै महँगो हुन्छ । मुख्यबालीको रूपमा रहेको उवा र कम उत्पादन हुने गहुँ नै यहाँको मुख्य आहारा हो । रासस