ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरानमा शेयरबजारप्रति आकर्षण बढ्दो

२०७८ असोज, २५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

धरान । प्रविधिको प्रयोगबाटै शेयर कारोबार गर्न पाइने भएपछि पूँजीबजारमा धरानवासीको आकर्षण बढ्दै गएको छ । घरमै बसेर अनलाइनमार्फत आईपीओ खरीदका साथै दोस्रो बजारमा कारोबार गर्न पाइने भएपछि यसप्रति सर्वसाधारणको आकर्षण बढेको हो ।

पछिल्लोे ५ वर्षयता धरानमा शेयरमा लगानीकर्ता करीब पाँच गुणा बढेको अनुमान शेयरबजार लगानीकर्ता एवं प्रशिक्षक भक्तबहादुर रसाइलीको छ । उनले धरानमा शेयर बजारको विषयमा विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनका अनुसार धरानमा २०÷२५ वर्षअघि देखि नै शेयर लगानीकर्ता थिए । कुल कारोबारमा धरानले ५ प्रतिशत ओगट्ने उनको भनाइ छ ।

‘पछिल्लो सयम अनलाइनमार्फत सूचना र जानकारीको पहुँच बढ्दै गएकाले पनि पूँजीबजारमा साना लगानीकर्ताको आकर्षण बढेको हो,’ उनले भने, ‘कक्षा ११÷१२ का विद्यार्थीको आकर्षण प्राथमिक बजारमा देखिन्छ, दोस्रो बजारमा विभिन्न कार्यालयका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी आकर्षित छन् ।’ यस्तै ‘फुल टाइमर’ लगानीकर्ता पनि बढ्दै गएको उनी बताउँछन् । देशमा उद्योगधन्दा÷कलकारखाना बन्द भएको समयमा नागरिक बेरोजगार हुन थालेपछि शेयर बजारमा लाग्ने क्रम बढेको लगानीकर्ता उद्धव श्रेष्ठ बताउँछन् । ‘साना साना पूँजी भएका लगानीकर्ता शेयर बजारमा आएका छन्,’ उनले भने ।

पूँजीबजारप्रति धरानका लगानीकर्ताको आकर्षण बढ्दै गएपछि हालै नासा इन्भेस्टमेन्ट प्रालि, विराटनगरले धरानमा शेयर बजार सचेतना कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले धरान लगानीकर्ताको शहर भएकाले कुनै पनि संस्थाले इमानदारीपूर्वक लगानी गर्ने वातावरण मिलाउनुपर्ने बताए ।

धरानमा विभिन्न समयमा भएका घटनाले लगानीकर्ताको पूँजी डुबेको स्मरण गराउँदै उनले सबै लगानीकर्ता सचेत रहनुपर्नेमा जोड दिए । कार्यक्रमका आयोजक संस्था नासा इन्भेस्टमेन्टका अध्यक्ष अरविन्द मेहताले शहरभन्दा गाउँ केन्द्रित कार्यक्रम आयोजना गर्दै तल्लो तहदेखि नै लगानीकर्तालाई जागरुक बनाउनुपर्ने बताए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)