ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मध्यपश्चिम विश्वविद्यालय–चण्डीगढ विश्वविद्यालय समझदारी

२०७८ असोज, ३१  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयु) सुर्खेत र भारतको चण्डीगढ विश्वविद्यालयबीच शैक्षिक सहयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चण्डीगढ विश्वविद्यालयबीच शैक्षिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।

दुई छिमेकी नेपाल–भारतबीच शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनु एमओयूको मुख्य उद्देश्य रहेको बताइएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह र चण्डीगढ विश्वविद्यालयका उपकुलपति आएएस बावाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

एमओयूपछि अब दुवै विश्वविद्यालयले शैक्षिक गुणस्तर, संकाय र विद्यार्थी आदानप्रदान, अनुसन्धान सहयोग, गुणस्तरीय शिक्षा, सांस्कृतिक तथा प्रासंगिक विकास मोडल कार्यक्रम सञ्चालन गर्नेछन् ।

विश्वव्यापी आवश्यताकताको सामना गर्न व्यावसायिक विकासका अवसर सिर्जना गर्दै २१ औं शताब्दीको उपयुक्त मानव संसाधन तयार गर्नु एमओयूको अर्को उद्देश्य रहेको बताइएको छ ।

एमओयू हस्ताक्षर भएको मितिदेखि पाँच वर्षका लागि मान्य हुनेछ । एमओयू हस्ताक्षर कार्यक्रममा दुवै विश्वविद्यालयका प्राध्यापक एवं अधिकारीको उपस्थिति रहेको एमयूका प्रतिनिधि पञ्चदेव भट्टले जानकारी दिए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)