ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हुम्लामा अलपत्र पर्यटकको उद्धार

२०७८ कार्तिक, ५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

सुर्खेत (अस) । हुम्लाको लिमीमा हिमपातका कारण तीन दिनदेखि अलपत्र परेका विदेशी पर्यटकका साथै ट्रेकिङ गाइडको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हिमपातले लिमीको तुम्लिखमा अलपत्र परेका स्लोभिनियाका तीन पुरुष र एक महिलासहित तीन नेपाली टे«किङ गाइडको उद्धार गरिएको हो ।

हिमपातले अलपत्र परेका विदेशसँगै नेपाली टेकिङ गाइडको उद्धार गरी हुम्ला सदरमुकाम सिमकोट ल्याइएको छ । सिमकोटबाट उनीहरूलाई काठमाडौं लगिँदै छ । उनीहरू सदरमुकाम सिमकोटदेखि लिमीतर्फ हिँडेको १२ दिन भएको टे«किङ गाइड असिम तामाङले जानकारी दिए । आकस्मिक रूपमा परेको हिमपातले ३ दिनदेखि लिमीको तुम्लिकमा अलपत्र परेको उनले बताए । मौसममा केही सुधार आएपछि लिमीको हल्जीबाट टेलिफोन गरी हेलिकोप्टर बोलाएर आपूmहरूको उद्धार गर्न लगाइएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)