ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६७ दिनमा ढल्यो आचार्यको सरकार

विपक्षी गठबन्धनबाट राई मुख्यमन्त्री बन्दै

२०७८ कार्तिक, १६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । मुख्यमन्त्री पदकै लागि माधव नेपाल पक्षलाई छाडेर केपी ओली खेमामा गएर मुख्यमन्त्री बनेका भीम आचार्यको सरकार ६७ दिनमा ढलेको छ । एमाले विभाजन हुँदा १० जना एमाले छाडेर माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि आचार्य शपथ ग्रहण गर्दा नै अल्पमतमा थिए । एमाले विभाजन भएपछि भदौ १० गते आचार्यले शपथ ग्रहण गरेका थिए ।

तर दल विभाजन भएको ३० दिनभित्र आफूसँग बहुमत छ भन्ने देखाउन विश्वासको मत लिनुपर्नेमा उनले त्यसो नगरी संवैधानिक प्रावधान छल्दै आफू अनुकूल व्याख्या गरेर ६७ दिनसम्म सरकार टिकाएका थिए । उनले सोमवार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा बुझाएका छन् । उनले प्रदेश सभालाई सम्बोधन गर्दै बहुमत नरहेकाले आफूले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । प्रदेश प्रमुखसमक्ष राजीनामा दिएपछि विपक्षीहरूको गठबन्धनबाट एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

एमाले विभाजित भएपछि भदौ १० गते उनी मुख्यमन्त्री बनेका थिए । पार्टी विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर सवैधानिक व्यवस्थालाई समेत छल्दै आचार्यले ६७ दिनसम्म विभिन्न असंवैधानिक नियुक्ति गर्दै आफ्नो पद जोगाएका थिए ।

प्रदेश नं १ को प्रदेशसभामा ९२ जना सांसद छन् । बहुमतका लागि ४७ मत आवश्यक पर्थ्यो । तर आचार्यसँग ३९ मत मात्र थियो । एमालेका ४१ सांसद रहे पनि सभामुखले निर्णायक मत मात्र दिन पाउने र एक सांसद फरार रहेकाले एमालेको ३९ मत मात्र थियो । विपक्षी गठनबन्धनमा भने स्पष्ट ५० मत छ, जसमा नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । राप्रपाका १ सांसद भने अहिले तटस्थ देखिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)