ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाँदरले अन्नबाली मासिदिएपछि फूलखेतीमा आकर्षण

२०७८ कार्तिक, २३  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । लगाएको अन्नबाली बाँदरले मासिदिन थालेपछि धरानसँग सीमा जोडिएको मोरङको केराबारी गाउँपालिका देवीटारका कृषक सयपत्री फूलखेतीमा लागेका छन् । अन्नबाली बाँदरले उखेलेर फालिदिने, खाइदिने गर्न थालेपछि उनीहरूले ५ वर्ष अघिदेखि फूलखेती गर्न थालेका हुन् ।

गाउँ नजिकै रहेको जंगलबाट बाँदर आएर बाली नाली नष्ट गर्न थालेपछि फूलखेती थालेको स्थानीय पदम विश्वकर्मा बताउँछन् । ‘मकै, कोदो रोपौं भने बाँदरले केही राख्दैन, सागसब्जी पनि गर्न दिँदैन, त्यसैले यही फूलको खेती गर्न थालेका हौं,’ उनले भने । उनका अनुसार गाउँभरि नै फूलको खेती हुन्छ । शहर, बजारमा महँगोमा विक्री हुने फूल किसानले भने सस्तोमै बेच्नु परिरहेको उनले बताए ।

अर्का किसान बमबहादुर विश्वकर्माले वर्षमा १५–२० हजार रुपैयाँ बराबरको मात्र फूल विक्री हुने गरेको बताए । स्थानीय सरकारबाट अनुदान वा सहयोग केही पनि नपाएको गुनासो उनले गरे ।

नजिकैको गाउँ साधुटारका किसान प्रेमबहादुर बस्नेतले पछिल्लो समय अज्ञात रोगले फूल राम्रो उत्पादन नभएको बताए । साथै भारतीय फूल आउँदा नेपालको उत्पादन सस्तो हुने र लगानी पनि नउठ्ने अवस्था भएको उनको भनाइ छ । ‘कहिले त लगानी पनि उठाउन गाह्रो हुन्छ । हामीले किसानको मर्का स्थानीय जनप्रतिनिधिले समेत बुझेनन्,’ उनले भने ।

अर्का कृषक सीतामाया विकले बाँदर व्यवस्थापनका लागि गाउँपालिकामा पटक पटक कुरा राख्दा पनि सुनुवाइ नभएको गुनासो गरिन् । ‘कार्यपालिकाको बैठकमा पटक पटक कुरा राख्यौं, तर जनप्रतिनिधिले यसबारे चासो नै दिँदैनन्,’ उनले भनिन्, ‘बाँदरको व्यवस्थापनमा गाउँपालिका कहिल्यै गम्भीर भएन । बाँदरको समस्याको विषयमा कुरा त उठ्छ, तर समाधान नै खोजिँदैन ।’

 

 

 

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)