ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिरोले अवरुद्ध कपल्लेकी–नापानी–गड्सेरा सडक अझै खुलेन

२०७८ कार्तिक, २९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

डोटी । असोज अन्तिम साता परेको बेमौसमी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर बन्द भएको जिल्लाको कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक अहिलेसम्म पनि नखुल्दा स्थानीय बासिन्दालाई समस्या भएको छ । असोज ३० गतेदेखि परेको अविरल वर्षासँगै यस सडकखण्डका विभिन्न ठाउँमा पहिरो आएर यातायात सेवा बन्द भएको हो ।

सडक नखुल्दा दैनिक उपभोग्य वस्तु किन्न र आफूले उत्पादन गरेका वस्तु बजारसम्म लैजान कठिन भएको जोरायल गाउँपालिका–५ फलेदा गाउँका जोगी सार्कीले बताए । बन्द सडक खुलाउन पटक–पटक शिखर नगरपालिका, जोरायल गाउँपालिका तथा डिभिजन सडक कार्यालयमा आग्रह गर्दासमेत कुनै पहल नभएकाले स्थानीय बासिन्दा आक्रोशित भएको ऐरीगाउँका रामबहादुर ऐरले बताए । ‘कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक बन्द भएको एक महीना भइसक्यो, खोल्न कुनै पहल भएको छैन, मान्छे बिरामी पर्दासमेत अस्पताल लैजान सक्ने अवस्था छैन,’ उनले भने ।

सडक नखुल्दा गाउँमा उत्पादित साग, तरकारी तथा फलफूल बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको अर्का स्थानीयवासी शेरबहादुर चोखालको गुनासो छ । सडक बन्द भएर गाउँमा गाडी नजाँदा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत आकाशिएको उपभोक्ताले बताए । गाउँमा गाडी नआउने र एक दिनको पैदल दूरीबाट सामान बोकेर ल्याउनुपरेकाले दैनिक उपभोग्य वस्तु महँगिएको जोरायल गाउँपालिका–५ का व्यापारी उद्धबबहादुर देउवाले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)