ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली प्रदेश प्रमुखसमक्ष आयोगको प्रतिवेदन पेश

२०७८ कार्तिक, ३०  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले कर्णाली प्रदेशका प्रमुख तिलक परियारसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगको कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख भेषराज रिजालले नेपालको संविधानको धारा २९४ को परिच्छेद ८ अनुसार २८७ पृष्ठको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेका हुन् । उक्त प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख परियारले मुलुकको सुशासन र विकास विरुद्ध हुने भ्रष्टाचारजन्य कार्य निवारण तथा न्यूनीकरण आयोगको महŒवपूर्ण भूमिका रहेको बताए ।

‘अख्तियारका आगामी सञ्चालन हुने गतिविधिसहित कार्यसम्पादनले प्रभावकारिता बढाओस्,’ उनले भने, ‘गलत नियत राख्नेहरू निरुत्साहित बनून् र नागरिकलाई सुशासनको प्रत्याभूति होस् ।’

उक्त कार्यक्रममा निमित्त प्रमुख रिजालले आयोग सुर्खेत कार्यालयले आव २०७७÷७८ मा गरेका कार्यसम्पादनबारे प्रदेश प्रमुखलाई प्रस्तुतिमार्फत जानकारी गराएका थिए । गत आवमा चिठीपत्र, ईमेल, पत्रपत्रिका, टेलिफोन, फ्याक्सलगायत माध्यमबाट एक हजार २२० उजुरी परेकोमा ५७३ फछ्र्योट भएको र बाँकी ६४७ उजुरी चालू आव २०७८÷७९ मा सरिआएको उनले बताए ।  

निमित्त कार्यालय प्रमुख रिजालका अनुसार सबैभन्दा बढी स्थानीय तहका उजुरी परेका छन् । प्रतिवेदनमार्फत उच्चपदस्थ कर्मचारीले सदाचारिता अपनाउनुपर्ने, सार्वजनिक खरीद प्रणालीमा सुधार आउनुपर्ने, उपभोक्ताबाट निर्माण हुने कार्यलाई व्यवस्थित गरिनुपर्ने, परामर्शदातालाई जिम्मेवार बनाउनुपर्ने लगायतका सुझाव दिइएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)