ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डोल्पामा २८० घरधुरीलाई सोलार वितरण

२०७८ कार्तिक, ३०  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न वडाका २८० घरधुरीलाई सोलार वितरण गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौंको अनुदान सहयोगमा नगरपालिकाले वडा नं १ का ४०, वडा नं २ का ७१, वडा नं ३ का ३५, वडा नं ४ का ३५, वडा नं ७ का ४०, वडा नं ८ का ३५ घरधुरीलाई सोलार वितरण गरेको हो ।   
 
कार्यवाहक नगरप्रमुख चन्द्राकुमारी बुढाका रोहवरमा ८० वाटको सोलार, ब्याट्री, तार, वल्बलगायत सामान निःशुल्क वितरण गरिएको सौर्य इनर्जी डोल्पाका प्रतिनिधि लीलाराज रोकायले जानकारी दिए । ‘जाजरकोटसम्म ढुवानी गर्न सजिलो छ, त्यहाँदेखि डोल्पासम्म पुग्न बीचबीचमा नदी र खोलामा पुल छैनन् । दर्जनभन्दा धेरै ठाउँमा गाडी परिवर्तन गर्दा ढुवानीमा घाटा बेहोर्नुप¥यो,’ उनले भने । दैनिक घण्टौं लोडसेडिङको मारले अँध्यारोमै जीवन गुजारा गरिरहेका ग्रामीण गाउँ बस्तीका नागरिक सोलार पाएपछि खुशी छन् ।

नगरपालिकाका एक हजार ७०० घरधुरीले सोलारका लागि आवेदन दिएका थिए । माग गरेजति सबै सोलार नपाएपछि आवेदन दिएका सबै घरधुरीले सोलार नपाएको नगरपालिकाले बताएको छ । ‘शुरूमा १०० र नागरिकता पेश गर्दा अनुदानमा सोलार पाइने भयो भनेर धेरै खुशी थियौं । अहिले अन्तिममा आएर नगरपालिकाले ऊर्जाले पठाएको नेमलिस्टमा नाम छैन भनेर भन्यो,’ त्रिपुरासुन्दरी–१ का प्रेम शाहीले भने, ‘गरिब विपन्नका लागि सोलार भनिएको थियो । रासस

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)