ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जुम्लामा स्थानीयवासीद्वारा होमस्टे सञ्चालन

२०७८ मंसिर, २०  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जुम्ला । जुम्लाको पातारासि गाउँपालिका–७ का स्थानीयवासीले गाउँमै होमस्टे सञ्चालन गरेका छन् । गैरसरकारी संस्था ‘हातेमालो नेपाल जुम्ला’ले नमूनाका रूपमा पट्मारा गाउँका ६ घरलाई होमस्टे बनाएको छ ।

हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेक रावतका अनुसार विस्तारै अन्य घरमा पनि होमस्टे सञ्चालन गरिनेछ । ‘सफल भएमा अन्य घरलाई पनि होमस्टे बनाउने योजना छ,’ उनले भने । हाल रेडपाण्डा (रातो हाब्रे) संरक्षण नेटवर्कको सहयोगमा ६ घरलाई होमस्टे बनाइएको छ । रावतले भने, ‘मुगुको रारा जाने पर्यटकलाई लक्षित गरी पट्मारा गाउँमा होमस्टे सञ्चालन गरिएको होे ।’    

गतवर्ष चैतदेखि शुरू भएको होमस्टेमा कोरोना भाइरसको महामारीका कारण पाहुना आगमन कम छ । कोरोनाको संकट कम भएर पर्यटनले लय समात्नेमा रावत विश्वस्त छन् । आन्तरिक र बाह्य पर्यटक आकर्षित हुने उनी बताउँछन् ।

पाहुनाको पर्खाइमा रहेको होमस्टे सञ्चालिका राज्यलक्षी रावतले बताइन् । ‘पाहुनालाई न्यानो स्वागतका साथै रैथाने बालीका परिकार खुवाउन हामी आतुर छौं । लोकल कुुखुराको सुप र मासु, कालीमार्सी चामलको भात, फापरको परिकार र चिनोको खिरलगायत परिकार तयार पार्छौं,’ उनले बताइन् ।

रारा जाने तथा पट्मारा गाउँको महारुद्र सामुदायिक वनमा भेटिएको दुर्लभ वन्यजन्तु रेडपाण्डा हेर्न आउने पर्यटकलाई लक्षित गरी होमस्टे शुरू गरिएको रावतले बताए । ‘रेडपाण्डा हेर्न पट्मारा गाउँमा एक पटक आउन आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गर्छौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)