ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुगुका अग्निपीडितलाई राहत रकम उपलब्ध गराइने

२०७८ मंसिर, २७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

सुर्खेत । कर्णाली प्रदेश सरकारले मुगुका अग्निपीडितलाई राहत रकम उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले क्षतिको मूल्यांकन गरेर २५ हजारदेखि ४ लाख रुपैयाँसम्म राहत उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले आगालागीबाट विस्थापित भएका ८५ घरपरिवारलाई ६१ लाख ८५ हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

आगलागीबाट पीडित घरधनीसहित घर भाडामा बस्ने र व्यवसायीलाई समेत दुई किस्तामा राहत उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय मुगुलाई स्वीकृत दिइएको आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिए । आगलागीबाट १० लाखसम्म क्षति भएकालाई १ लाख, ११ देखि ५० लाखसम्म क्षति भएकालाई डेढ लाख, ५१ लाखदेखि एक करोडसम्म क्षति भएकालाई २ लाख, २ लाखदेखि एक डेढ करोडसम्मका लागि अढाई लाख, एक करोडदेखि ३ करोडसम्म क्षति भएकालाई साढे ३ लाख, तीन करोडभन्दामाथि क्षति भएकालाई ४ लाख राहत रकम उपलब्ध गराउने निर्णय भएको उनले बताए ।

यसैगरी आंशिक क्षतितर्फ १ लाख रुपैयाँसम्म क्षति भएकाले २५ हजार,  २७ लाखदेखि ५० लाखसम्म क्षति भएकाले ५० हजार र पचास हजारमाथि क्षति भएकाले एकमुष्ट ७५ हजार रुपैयाँ पाउनेछन् ।

गत कात्तिक २९ गते मुगुको छायाँनाथ रारा नगरपालिका–१, गमगढी बजारमा आगलागी हुँदा २१ घरधुरीमा क्षति पुगेको थियो । मन्त्रालयका अनुसार आगलागीबाट घर भाडामा बस्ने ३५, व्यवसायी २६, पूर्ण घरक्षति २० र आंशिक घर क्षति भएका चारजना विस्थापित भएका थिए । बैठकले प्रदेश लोकसेवा आयोगको संगठन संरचना तथा दरबन्दी हेरफेर गरेर तीन महाशाखा र दश शाखासहित ४५ जना कर्मचारीको दरबन्दी समेत स्वीकृत गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)