ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘नमूना कृषि गाउँ, आफै बनाऔं’

२०७८ पौष, ८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि तथा पशुपन्छी विकास क्षेत्रको विकासले मात्र किसानको जीवनस्तर माथि उठ्ने बताएका छन् । दिपायलमा बुधवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि तथा पशुपन्छी व्यावसायिक विकास र प्रवद्र्धनका लागि राज्यको लगानी वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘किसानी काम गर्न अर्काको मुलुक किन पस्ने, आफ्नै बाँझो जमिनमा खेती गरौं, स्वरोजगार बनौं,’ उनले भने । कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले देशको आर्थिक समृद्धि र समग्र विकासको लागि कृषि क्षेत्रले ठूलो योगदान पुर्‍याउने बताए ।

जिल्लामा प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालय दिपायल राजपुरका आयोजनामा मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तर्गत ‘नमूना कृषि गाउँ, आफै बनाऔं’ नामक कार्यक्रम कार्यान्वयनमा आएको छ । जिल्लाले कृषि क्षेत्रमा उल्लेख्य फड्को मार्न थालेको कृषि विकास निर्देशक यज्ञराज जोशीले बताए । ‘आर्थिक अभाव भएका तर स्वदेशमै कृषि क्षेत्रमा केही गरौं भन्ने सोच भएका व्यक्तिलाई नमूना कृषि गाउँ, आफै बनाऔं भन्ने कार्यक्रम फलदायि भएको छ,’ उनले भने, ‘कृषि क्षेत्रमा पनि उल्लेख्य विकास हुँदै छ ।’    
 
सडक सञ्जालले नछोएको सिँचाइको व्यवस्थापन हुन नसकेको, बजारीकरणको अभाव, किसानको माग र आवश्यकता अनुसार नभएर ‘माथि’बाटै सिधै योजना आउने गरेकाले समस्या हुँदै आएको कार्यक्रमका सहभागीले गुनासो गरेका थिए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)