ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोषको आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार

२०७८ पौष, ८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

सुर्खेत (अस) । कर्मचारी सञ्चय कोषले सुर्खेतमा आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरेको छ । सुर्खेत कर्णाली प्रदेशको राजधानी बनेसँगै घर बनाउनेहरूको संख्यामा वृद्धि भएपछि कोषले आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरेको हो ।

कोषका सञ्चयकर्ताले वीरेन्द्रनगर चक्रपथ वरिपरिका क्षेत्रमा समेत आवास कर्जा कार्यक्रम विस्तार गर्न माग गरेपछि कोषले शैक्षिक सापटी, घर निर्माण सापटी, घर मर्मत सापटी, घर खरिद सापटी, जग्गा खरिद सापटी लगायत सेवा क्षेत्र विस्तार गरेको छ । कोष सुर्खेतका प्रमुख रामप्रसाद लामिछानेले आम सेवाग्राहीसँगै कर्मचारी संघसंगठन लगायतको मागलाई समेत ध्यानमा राख्दै आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरिएको बताए ।

अब धुलियाविट चोकदेखि बांगेसिमल चक्रपथ, सडकलाई छोएको मापदण्ड पुगेका क्षेत्र र दाँयातर्फ रत्न राजमार्गसम्मको क्षेत्र, भुरिगाउँ–तेलपानी सडकको फलाटेसम्म र छिन्चुमा समेत मूल सडकलाई छोएको मापदण्ड पुगेका क्षेत्रमा कर्जा सेवा विस्तार गरिएको जानकारी उनले दिए । उनका अनुसार कोषको केन्द्रीय कार्यालयले मङ्सिर २० गते गरेको निर्णयलाई सञ्चयकर्ता सापर्टी कार्यविधि २०७३ अनुसार उल्लिखित क्षेत्रमा आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरिएको हो ।

यता, नेपाल निजामती कर्मचारी युनियन (संघ)का केन्द्रीय उपाध्यक्ष नृपजंग शाहीले कर्णालीका सञ्चयकर्ताले माग गर्दै आएको आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तारले धेरै कर्मचारीलाई सुर्खेतमा घर बनाउन सहज बताए । आवास कर्जा कार्यक्रम सुर्खेतमा मात्र नभई कर्णालीका दशओटै जिल्लामा पुर्‍याउन उनले माग गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)