ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेत सभाहललाई बजेट अभाव

२०७८ पौष, १२  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सुर्खेत । बजेट अभावका कारण सुर्खेत सभाहलको दोस्रो चरणको निर्माण प्रभावित भएको छ । वीरेन्द्रनगरस्थित निर्माणाधीन सभाहल आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्थापन नहुँदा निर्माण प्रभावित भएको हो । संघीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतले साना–ठूला तीनवटा हलको सिट व्यवस्थापनमा कम्तीमा ६ करोड लागत अनुमान गरेको छ । तर सहरी विकास तथा निर्माण विभागले चालू आर्थिक वर्षमा एक करोड ५० लाख मात्र बजेटको अख्तियारी पठाएको छ, जसले गर्दा आयोजनालाई दोस्रो चरणका काम अघि बढाउन समस्या परेको छ । एकाइका आयोजना प्रमुख अमरबहादुर थापाले बजेट अपुग भएका कारण ठेक्का आह्वान गर्न नसकिएको बताए । ‘विभागसमक्ष नयाँ प्राविधिक इस्टिमेटसहित आवश्यक बजेट माग गरेका छौं,’ उनले भने, ‘यदि माग स्वीकृत नभए बाँकी संरचना बहुवर्षीय योजनाको रूपमा कार्यान्वयन गरिनेछ ।’

समानान्तर/चक्रेश्वरी शिवशक्ति जेभीले २३ करोड लागतमा पहिलो चरणमा बहुउद्देश्यीय सभाहल, बैठक कक्ष, शौचालय, पर्खाल निर्माणका साथै खानेपानी र विद्युत् जडान कार्य पूरा गरेको हो । ८५० सिट क्षमता भएको ठूलो हल, १५० सिट क्षमता भएका साना दुई हल छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)