ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतको बड्डीचौमा १६ करोड लागतको बृहत खानेपानी आयोजना शिलान्यास 

२०७८ पौष, २२  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

पुस २२, सुर्खेत । पश्चिम सुर्खेतको बड्डीचौमा १६ करोड लागतको बृहत खानेपानी आयोजना शिलान्यास गरिएको छ । आयोजनाको बुधवार एक कार्यक्रमका बीच बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले शिलान्यास गरेका छन् । 

बराहताल गाउँपालिकाका–५, ६, ७ र ८ नम्वर वडाका करीब १ हजार २०० घरधुरीलाई पानीको पहुँच पुर्‍याउने लक्ष्यका साथ आयोजना निर्माण गर्न गरिएको हो । 

आयोजनाको अनुमानित लागत कुल १५ करोड ९३ लाख ७४ हजार रुपैयाँ मध्ये ७० प्रतिशत अर्थात् ११ करोड १५ लाख ६१ हजार ८०० रुपैयाँ नेपाल सरकारको अनुदानसँगै १० प्रतिशत अर्थात् १ करोड ५९ लाख ४०० रुपैयाँ उपभोक्ता आफैले व्यहोर्नु पर्नेछ । 

थप अपुग रकम नगर विकास कोषसँग ३ करोड १८ लाख ७४ हजार ८०० रुपैयाँ ऋण सम्झौता गरिएको बड्डीचौर सह–लगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष अर्जुनकुमार बुचामगरले जानकारी दिए । उनले पीउने पानीको दिर्घकालिन समस्या समाधानका लागि सह–लगानीमा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको स्किम नं. १ को शिलान्यास गरिएको बताए । 

उनका अनुसार आयोजना अन्तर्गत स्किम नं. १ को चेपाङ, रक्सेनी, बसन्तपुर र बुटीखण्डमा आयोजना सञ्चालन हुने छ । ‘अब निर्माण हुने आयोजनाको पहिलो मुहानबाट प्रति सेकेण्ड साढे १० लिटर, दोस्रोबाट ३ लिटर र तेस्रो मुहानबाट प्रति सेकेण्ड ४ लिटर दरले पानी संकलन हुनेछ,’ उनले भने, ‘यसरी प्रति सेकेण्ड १७ लिटर पानीलाई रिजर्व टंकी मार्फत एकै पटक करीब १ हजार २०० घरधुरीलाई सहजै खानेपानी पानीको सुनिश्चितता गरिनेछ ।’ उनले पश्चिम सुर्खेतको बराहतालका नागरिकलाई स्वच्छ पीउने पानीको पहुँच पु¥याउन सहयोग गर्ने सरोकारवालाई धन्यवाद व्यक्त गरे । 

आयोजना सम्पन्न शिलान्यास कार्यक्रममा बराहताल–५, का वडा अध्यक्ष तिलकबहादुर मर्साङ्गि मगर, ७ नम्वर वडाध्यक्ष कुलबहादुर बुचा मगर, समाजसेवी प्रेमबहादुर बस्नेत, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतका ईन्जिनियर महेन्द्रसिं थारु, एन्फो संस्थाका प्रतिनिधिलगायत खानेपानी संस्थाका पदाधिकारी एवं उपभोक्ताहरुको सहभागिता रहेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)