ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महिलाको नाममा जग्गापास गर्ने बढे

२०७८ पौष, २८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जुम्ला । राजस्व छुट व्यवस्थाले जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको छ । चालू आर्थिक वर्षमा १२५ जना महिलाका नाममा जग्गापास भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ । जिल्लाका ७ गाउँपालिकाका ५४ र एक नगरपालिकाका ७१ महिलाका नाममा जग्गा रजिस्ट्रेसन भएको कार्यालयका प्रमुख नरेन्द्रबहादुर रोकायाले बताए ।

‘गाउँपालिकाभन्दा नगरपालिकाका महिलाका नाममा बढी जग्गा रजिस्ट्रेसन भएको छ’, कार्यालय प्रमुख रोकायाले भने ।    नगरपालिकाको महिलाका नाममा जग्गा पास भए २५ प्रतिशत र गाउँपालिकाका महिलाका नाममा जग्गा रजिस्ट्रेसन भए राजस्वमा ५० प्रतिशत छुट रहेको कार्यालयले जनाएको छ । मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेसन गर्ने दलित समुदाय र अपांगता भएकलाई राजस्वमा २५ प्रतिशत छुट दिने व्यवस्था पनि रहेको छ । चालु आर्थिक वर्षको हालसम्म ३१ जना दलितका नाममा जग्गा रजिस्ट्रेसन भएको मालपोत कार्यालय जुम्लाले बतााएको छ ।     चालू आर्थिक वर्षको कात्तिकसम्म जुम्ला मालपोत कार्यालयले ९९ लाख ९६ हजार ५६१ राजस्व संकलन गरेको छ, जसमध्ये जग्गा रजिस्ट्रेसनतर्फ ६७ लाख ९० हजार ३१२ राजस्व संकलन भएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)