ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतका दुई नाकामा ‘होल्डिङ सेन्टर’

२०७८ माघ, १२  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सुर्खेत । कोभिड–१९ संक्रमण फैलिन नदिन सुर्खेतका दुई स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सुर्खेतको छिन्चु र जामु कुइनेमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको बताएको छ । यी दुई नाका सुर्खेत भित्रिने मुख्य नाका हुन् ।

होल्डिङ सेन्टरमा स्वास्थ्य सहायता कक्ष पनि सञ्चालन गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीय तहसँग समन्वय गरेर होल्डिङ सेन्टर स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए ।

उनले सार्वजनिक सवारीसाधनका यात्रुका लागि खोप कार्ड अनिवार्य गर्ने, खोप नलगाएको भए खोप लगाउन व्यवस्था मिलाउन निर्देशन जारी गरिएको बताए । कोभिड– १९ को दोस्रो लहरका बेला बबईमा स्थापना गरिएको होल्डिङ सेन्टर छिन्चुमा सारिएको छ ।

बबईमा पर्याप्त जग्गा र भवन नहुँदा छिञ्चु सारिएको हो । प्रमुख जिल्ला अधिकारी रिजालले प्रदेश भित्रिने सीमा नाकामा यातायातका साधनमा निगरानी बढाउनु साथै सम्बन्धित स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा कोरोना परीक्षण थालिएको बताए । जिल्ला प्रशासन कार्यालयमा मंगलवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि सञ्चालित मास्क वितरण र खोप अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

यसैबीच, कोभिड– १९ को ओमिक्रोन भाइरसको संक्रमण बढ्न थालेपछि वीरेन्द्रनगरका पर्यटकीय स्थल बन्द गरिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले अनिश्चित कालका लागि वीरेन्द्रनगरका मुख्य पर्यकीयस्थल बन्द गरेको हो । नगर विकास समितिले अर्का सूचना जारी नहुँदासम्म बुलबुले उद्यान, काँक्रेविहार र शहीद पार्क बन्द गरेको बताएको छ ।

समितिका सदस्य सचिव एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाले पर्यटकीय स्थलमा सार्वजनिक बिदाको दिनमा बाक्लो भीड हुने हुँदा संक्रमण फैलिन नदिन प्रवेशमा रोक लगाइएको बताए । साथै मुख्य शक्तिपीठ देउतीबज्यै मन्दिरमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गरी पूजापाठ गर्ने व्यवस्था मिलाइएको छ । पछिल्लो तथ्यांक अनुसार सुर्खेतमा कोरोनाका ६०० सक्रिय संक्रमित छन् । तीमध्ये ८० प्रतिशतभन्दा बढी संक्रमित वीरेन्द्रनगर नगरपालिकाका रहेको बताइएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)