ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालीकोट अस्पतालको आम्दानी बढ्यो

२०७८ माघ, १४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

कालीकोट । जिल्ला अस्पताल कालीकोटको वार्षिक आम्दानी ४४ लाख ५७ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा अस्पताल विकास समितिको खातामा विभिन्न स्रोतबाट सो आम्दानी प्राप्त भएको हो ।

विद्युतीय बिलिङ प्रणाली शुरू गरेको र विकास समितिको खाताबाट चुहावट हुन रोकिएकाले अस्पतालको आन्तरिक स्रोतमा वृिद्ध भएको स्वास्थ्यसेवा कार्यालय कालीकोटका लेखा अधिकृत मुनबहादुर रावतले जानकारी दिए । आर्थिक वर्ष २०७६/७७ मा अस्पतालको आन्तरिक आम्दानी ९ लाख दुई हजार थियो ।

‘अस्पताल विकास समितिले सञ्चालन गरेको औषधि पसल, बिरामीबाट लिने सामान्य सेवा र केही भेन्टिलेटर खरिद गर्दा बचेको स्रोतलाई जम्मा गर्दा आन्तरिक स्रोत बढेको हो,’ उनले भने, ‘चालू आर्थिक वर्षमा थप वृद्धि हुने लक्ष्य राखेका छौं ।’

यसभन्दा अघि अस्पतालको आन्तरिक स्रोत हुने आयलाई ऋण सापटी लिने दिने, औषधि खरिद गर्दा खासै चासो नदिने, बिलिङ गतिलो नभएकाले विगतमा अस्पतालको आन्तरिक स्रोत नभएको र अहिले विद्युतीय प्रणाली लागू गर्दा सबै क्षेत्रमा सुधार भएको जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)