ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भरतपुर विमानस्थल : एक वर्षमा दुई लाखभन्दा बढी यात्रुले लिए सेवा

२०७८ माघ, १६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । भरतपुर विमानस्थलबाट एक वर्षमा दुई लाखभन्दा बढी यात्रुले सेवा लिएका छन् । यो विमानस्थल भएर २०२१ जनवरीदेखि डिसेम्बरसम्म उडान र अवतरण गरी २ लाख २ हजार ९७३ जना यात्रुले सेवा लिएका हुन् ।

कार्यालयको तथ्यांक अनुसार सो अवधिमा भरतपुर विमानस्थलमा  ६ हजार ५९६ पटक उडान र अवतरण भएको थियो, जसअनुसार २०२१ को जनवरीमा ४१० ओटा उडान र अवतरण भएकोमा सो महिना १३ हजार १९३ यात्रुले सेवा लिएका थिए । यस्तै फेब्रुअरीमा ५४८ ओटा उडान र अवतरण हुँदा १७ हजार ३२३ जना, मार्चमा ५९४ ओटा उडान र अवतरणमा १८ हजार ७४३ जना र अप्रिलमा ५६० ओटा उडान र अवतरण भएकोमा १६ हजार ८८० जना यात्रुले सेवा लिएका थिए ।

कोरोनाका कारण मे महिनाको केही दिन र जुन महिनामा नियमित उडान र अवतरण भएको थिएन । सो अवधिमा चार्टर उडान गरिएको विमानस्थल कार्यालयले बताएको छ । मे महिनामा ६० ओटा उडान अवतरण भएकोमा १ हजार २११ जना यात्रुले सेवा लिएका थिए । जुन महिनामा ६ ओटा चार्टर उडानबाट १३ जना यात्रुले सेवा लिएका थिए ।

यसैगरी जुलाईमा ५४६ पटक उडान र अवतरण भएको थियो सो महिनामा १७ हजार १०९ यात्रुले सेवा लिएका थिए । अगस्ट महिनामा ५६८ ओटा उडान र अवतरणमा १८ हजार २५६ जना यात्रु, सेप्टेम्बरमा ७१४ ओटा उडान अवतरण गरिएकोमा २४ हजार २८० जना यात्रु, अक्टोबरमा ८३४ पटक उडान अवतरण भएकोमा २४ हजार ५५१ जना यात्रु, नोभेम्बरमा ८३४ ओटा उडान अवतरणमा २५ हजार ५५१ जना यात्रु र डिसेम्बरमा ८५० ओटा उडान अवतरण भएकोमा २५ हजार ३३३ जना यात्रुले सेवा लिएको कार्यालयले बताएको छ ।

कार्यालयका सूचना अधिकारी दीपक विकले पछिल्लो समय भरतपुर विमानस्थल भएर सेवा लिने यात्रुको चाप बढ्दै गएको बताए । यात्रु बढेपछि उडान संख्या पनि थपिएको उनको भनाइ छ । ‘हवाई सेवामा यात्रुको आकर्षण बढेको छ,’ उनले भने ।

उनका अनुसार विशेषगरी विभिन्न राजनीतिक सभा सम्मेलन, चाडबाड तथा नारायणगढ–मुग्लिन सडकखण्डको बाटो अवरुद्ध भएको बेला हवाई यात्रुको चाप बढ्ने गर्दछ । हवाई यात्रा छिटो छरितो, आरामदायी र तुलनात्मक रूपमा बढी सुरक्षित हुने भएकाले पनि यात्रुको चाप बढ्ने गरेको उनको भनाइ छ । भरतपुर विमानस्थलबाट हाल काठमाडौं, पोखरा र भैरहवा दैनिक उडान हुने गरेको छ । बुद्ध एयरको दैनिक भरतपुर–काठमाडौं ६ ओटाका साथै भरतपुर–पोखरा र भरतपुर–भैरहवा एक/एकओटा उडान हुने गरेको छ । यस्तै गुण एयरलाइन्सको भरतपुर–काठमाडौं दुईओटा र भरतपुर–पोखरा एउटा उडान हुँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)