ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मिरगञ्ज पुलको समस्याबारे छलफल

२०७८ माघ, २३  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । भारत र नेपालका प्रदेश सरकारबीच सहयोग आदानप्रदानबारे प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की र विहार सरकार उपमुख्यमन्त्री तारकेश्वर प्रसादबीच छलफल भएको छ ।

नेपाल भ्रमणमा रहेका विहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र आन्तरिक मामिलामन्त्री कार्कीबीच प्रदेश नम्बर १ मा सिंघिया, केसलिया कोरिडोर निर्माण र मिरगञ्ज पुल समस्या समाधानका लागि छलफल भएको छ । प्रदेश राजधानी विराटनगर हुँदै बग्ने दुई प्रमुख नदी सिंघिया र केशलियको विहारसम्मको क्षेत्रमा तटबन्धसहितको कोरिडोर निर्माणको विषयमा छलफल भएको हो ।

त्यस अवसरमा मन्त्री कार्कीले हालै भारतको बथनाहामा अवस्थित मिरगञ्ज पुलमा भएको क्षतिका कारण यस क्षेत्रका उद्योगी व्यवसायीले ठूलो अफ्ठ्यारो बेहोर्नुपरेको सुनाए । नेपाल र भारतका नागरिकबीच सदियौंदेखि भाइचारा सम्बन्ध रहेको र नदीजन्य विपत्तिका कारण दुवैतर्फ उत्तिकै कठिनाइ हुने गरेको बताए ।

उक्त अवसरमा विहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसादले प्रदेश नम्बर एक सरकारसँग मिलेर आफूहरूले धेरै काम गर्न सक्ने र दुवैतिरका नागरिकको हितमा यो अपरिहार्य भएको बताए । सरोकारका विषयलाई थप औपचारिक रूपमा दुई सरकारबीच छलफलमा लैजान मन्त्री कार्कीलाई उनले पटना भ्रमणमा आउन निमन्त्रणा गरे । मिरगञ्ज पुलबाट उत्पन्न समस्याको विषयमा आफू जानकार रहेको भन्दै उनले यसको समाधानमा पहल गर्ने बताए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)