ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतमा आजदेखि प्याराग्लाइडिङ उडान, प्रतिव्यक्ति ३ हजार ५०० रुपैयाँ शुल्क        

२०७८ माघ, २३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो

माघ २३, सुर्खेत । सुर्खेत उपत्यकामा आइतवारदेखि नियमितरुपमा प्याराग्लाइडिङ उडान शुरु हुने भएको छ ।

वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा र वडा नं १ देउती थानलाई केन्द्र बनाएर उडान गर्ने तयारी गरेको छ ।     
     
 कम्पनीका सञ्चालक पदमबहादुर शाहीले नेपाल नागरिक उडड्यन प्राधिकरणबाट सञ्चालन अनुमति प्राप्त गरिसकेको बताए । प्राधिकरणले शाही मुख्य सञ्चालक रहेको वेलकम प्याराग्लाइडिङ प्रालिलाई एक वर्षको उडान अनुमति दिएको हो । सञ्चालक शाहीले विश्व कीर्तिमानी प्याराग्लाइडिङ पाइलट सानुबाबु सुनुवारले उडान गर्ने जानकारी दिंदै प्रतिव्यक्ति ३ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको उल्लेख गरे ।     
     
 समूहमा उडान गर्नेलाई विभिन्न अफर राखिएको छ । पाँच जनाको समूहले ३ हजार २०० रुपैयाँ, १० जनाको समूहले २ हजार ८०० रुपैयाँ र १० भन्दा बढी आउनेले २ हजार ५०० रुपैयाँ शुल्कमा प्याराग्लाइडिङ उडान गर्न पाउनेछन् । उडान शुल्कबाहेक फोटो र भिडियो लिन चाहनेले भने थप १ हजार रुपैयाँ तिर्नुपर्नेछ । प्याराग्लाइडिङमा एकपटकमा २० मिनेटसम्म उड्न सकिनेछ ।     
     
 सुर्खेतमा यसअघि २०७० सालमा परीक्षण उडान भए पनि नियमित प्याराग्लाइडिङ सञ्चालन भने हुन सकेको थिएन । अब भने नियमित सेवा प्रदान गर्ने सञ्चालक कम्पनीले बताएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले पोखराको बाबु एडभेन्चरसँग साझेदारी गरेर उडानका लागि १२ जना चालक सुर्खेत भित्र्याएको छ ।     
     
 कर्णालीमा साहसिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले सेवा शुरु गरिएको सञ्चालक शाहीको भनाइ छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)