ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश अस्पतालबाटै आँखा रोगको उपचार

२०७८ माघ, २४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

कर्णाली । वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालबाट अब आँखा रोगको उपचार हुने भएको छ । अस्पतालले आइतवारदेखि आँखा रोगसम्बन्धी ओपीडी सेवा प्रवाह गर्ने तयारी गरेको बताएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार आइतवारबाट बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आँखा रोग विशेषज्ञ डाक्टरद्वारा उपचार हुनेछ । अस्पतालमा दुई विशेषज्ञ डाक्टरले सेवा प्रदान गर्ने बताइएको छ । सरकारी स्वामित्वको प्रदेश अस्पतालबाट आँखा रोगसम्बन्धी सेवा प्रवाह गर्ने नेपालमै पहिलो प्रदेश अस्पतालको रूपमा रहेको निर्देशक खड्काको दाबी छ । रासस

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)