ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मिरगञ्ज पुल चाँडै सञ्चालनमा ल्याउन ज्ञापनपत्र

२०७८ माघ, २५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । नेपाल भारत सीमाभन्दा ४ किलोमिटर पश्चिममा रहेको मिरगञ्ज बेलीब्रिज (पुल) तत्काल सञ्चालनमा ल्याउन उद्योगी व्यवसायीले माग गरेका छन् । मोरङ व्यापार संघका नवनिर्वाचित अध्यक्ष नवीन रिजालसहितको प्रनिनिधि टोलीले विहार राज्यका कला, संस्कृति तथा युवा मामिलामन्त्री आलोक रञ्जनलाई शुक्रवार पटनामा भेट गरी उक्त पुल यथाशीघ्र सञ्चालनमा ल्याउन ज्ञापनपत्र बुझाएको छ ।

मिरगञ्जको बेलीब्रिज भासिएपछि नेपालका लागि तेस्रो मुलुक र भारतबाट आउने सामान १३० किलोमिटर घुमेर सुनसरी हुँदै विराटनगर भन्सार कार्यालय आइपुग्न निकै कठिन र खर्चालु भए पनि नेपाल र भारत सरकारबीच कूटनीतिक माध्यमबाट तयारी अवस्थामा रहेको मिरगञ्जको पक्की पुल सञ्चालनमा पहल नभएपछि निजीक्षेत्रले नै त्यसका लागि पहल गरेको हो ।

भारतीय मन्त्री रञ्जनले नेपाली टोलीलाई नेपाल भारत आवागमनमा भइरहेको समस्याबारे बुझ्न आमन्त्रण गरेका थिए । आमन्त्रण स्वीकार गर्दै रिजाल नेतृत्वको टोली पटना पुगेर उनलाई ज्ञापनपत्र बुझाएको हो ।

संघले भारतको बथनाहा–जोगबनी मार्गमा विगत एक महिनादेखि क्षतिग्रस्त रहेको मिरगञ्ज पुलका कारण विराटनगर नाकामार्फत औद्योगिक प्रयोजनका सवारीसाधनको आवागमन अवरुद्ध भएर दैनिक करिब ४ सय मालवाहक सवारीसाधनले भीमनगर–भन्टाबारी नाकामार्फत थप १३० किमी गन्तव्य तय गर्नुपर्ने र त्यसबाट प्रतिसवारीसाधन लगभग २० हजार रुपैयाँ लागत बढ्ने बताएको छ । त्यसको निराकरणका लागि भारतीय पक्षले तत्काल कदम चाल्नुपर्नेमा संघले जोड दिएको छ ।

संघले ज्ञापनपत्रमा विराटनगर नाकाबाट नेपाल प्रवेश हुनुपर्ने ३० मेट्रिक टनसम्मका सवारीसाधन तथा भारत फर्किने खाली सवारीसाधनका लागि अररिया–कुर्साकाँटा–जोगबनी मार्ग खुला गरिनुपर्ने, क्षतिग्रस्त मिरगञ्ज पुलको छेउमा अन्तिम चरणमा निर्माणाधीन चार लेनको नयाँ पुललाई अस्थायी रूपमा तत्काल सञ्चालनमा ल्याउनुपर्ने तथा क्षतिग्रस्त मिरगञ्ज पुलको मर्मत कार्यसमेत शीघरूपमा गर्नुपर्ने लगायत सुझाव प्रस्तुत गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)