ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अतिविपन्नलाई निःशुल्क स्वास्थ्य बीमा

२०७८ माघ, २५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले अतिविपन्न स्थानीयलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७८/७९ को साउनदेखि अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।     

उक्त कार्यक्रमको १० लाख बजेटमा अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको हो । उनले भने, ‘आर्थिक अभावले स्वास्थ्य बीमा नगरेका गाउँपालिकाका आठ वटै वडाभित्रका अतिविपन्न नागरिकलाई लक्षित गरेर प्रतिपरिवार बीमा गर्दाको बीमांक रकम ३ हजार ५०० मध्ये १ हजार ५०० सम्बन्धित व्यक्ति आफैंले र २ हजार गाउँपालिकाले बेहोर्ने गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको अध्यक्ष न्यौपानेले बताए । गाउँपालिकाभित्रका आठ वटा वडामा स्वास्थ्य बीमाकर्ता परिचालन गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले जानकारी दिए । उनले भने, ‘आठ बीमाकर्ता परिचालन गरेका छौं । अतिविपन्न नागरिकको अनिवार्य निःशुल्क स्वास्थ्य बीमा गर्न भनिएको छ ।’ रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)