ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युत् सेवा अवरुद्ध हुँदा दियालोको भर

२०७८ माघ, २५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सीमकोट । विद्युत् सेवा बन्द हुँदा याङगु गाउँका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन् । हुम्लाको सीमकोट गाउँपालिका–८ को उक्त गाउँका बासिन्दाले साता दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको हो ।

विद्युत् सेवा अवरुद्ध हुँदा रातीको समय आफूहरूले सल्लाको दियालोको भरमा रात कटाउनुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रबाट वितरित लाइनमा समस्या आएपछि विद्युत् प्रवाह हुन सकेको छैन ।

विद्युत् केन्द्रबाट विस्तार गरिएका दुई लाइनमध्ये एउटा लाइनले काम गरे पनि अर्को लाइन एक सातादेखि बन्द हुँदा आफूहरू उज्यालोबाट वञ्चित हुनुपरेको सोही गाउँका हर्कवीर शाहीले बताए ।

करिब ६० घरधुरी भएको उक्त गाउँमा हाल १५ घरधुरीले विद्युत् उपभोग गर्न पाएका छन् भने अन्य ४५ घरधुरी अन्धकारमा बस्न बाध्य भएको उनले जानकारी दिए । विद्युत् आपूर्ति नभएको करिब एक साता भइसक्दा पनि प्राधिकरणको हेल्दुङ वितरण केन्द्रले वास्ता नगरेको हर्कवीरको गुनासो छ ।     

पटक–पटक विद्युत् वितरण केन्द्रमा मर्मतका लागि आग्रह गर्दासमेत माग सुनुवाइ नगर्दा स्थानीयले सल्लाको दियालो बाल्न बाध्य भएको उनले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)