ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतमा प्याराग्लाइडिङ उडान

२०७८ माघ, २५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

सुर्खेत (अस) । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको बयलकाँडादेखि औपचारिक रूपमा साहसिक प्याराग्लाइडिङ उडान सुरु भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले व्यावसायिक उडान सुरु गरेको हो । कर्णालीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले व्यवसायिक प्याराग्लाइडिङ सञ्चालन गर्न लागिएको कम्पनीले बताएको छ ।

विश्व कीर्तिमानी प्याराग्लाइडिङ पाइलट सानुबाबु सुनुवारले कर्णालीमा साहसिक खेललाई प्रचार–प्रसारसँगै प्रवर्द्धन गर्ने उद्देश्यले व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु गरिएको जानकारी दिए । उनले साहसिक उडान सुरु भएपछि सुर्खेत आसपासका क्षेत्रको मात्र नभई समग्र कर्णालीकै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘कोरोना महामारीका कारणले खुम्चिएको पर्यटकीय गतिविधिलाई प्रदेश राजधानी सुर्खेतमा विस्तार गर्न लागेका छौं,’ उनले भने, ‘यहाँ पर्यटकीय गतिविधि बढाउनुका साथै केही समयपछि अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगितै आयोजना सञ्चालन गर्ने योजना बनाएका छौं ।’

उनले आगामी दिनमा नागरिक र सरकारी स्तरबाट प्याराग्लाइडिङ पाईलट प्रशिक्षण सञ्चालनका लागि माग आए त्यसतर्फ  सोच्न सकिने जिकिर गरे । उनका अनुसार सुर्खेतको भूगोल र हावापानी प्याराग्लाइडिङ पाइलट प्रशिक्षणका लागि उपयुक्त छ । नागरिकको मागअनुसार सुर्खेतमा प्रतिदिन ४०/५० उडान भर्ने योजना बनाएको कम्पनीका प्रमुख निर्देशक पदमबहादुर शाहीले बताए । उनले हावाको वेगमा कुनै समस्या आइपरे बीचमै आपतकालीन अवतरण गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए ।

कर्णालीका विभिन्न क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि निकट भविष्यमै हर्सराइडिङ, रकक्लाइमिङ, साइक्लिङ, र्‍यारफ्टिङलगायत सेवा सुर्खेतबाटै सञ्चालन गर्ने कम्पनीको भावी योजना रहेको उनको भनाइ छ ।

‘साहसिक पर्यटकको रोजाइका लागि हामीले पुनः प्याराग्लाइडिङको व्यावसायिक  उडान सुरु गर्न लागेका छौं,’ उनले भने, ‘प्याराग्लाइडिङमार्फत सुर्खेतका धार्मिक तथा ऐतिहासिक स्थलको मनोरम दृश्यावलोकनसँगै प्रचार–प्रसारमा  टेवा पुग्ने विश्वास लिएका छौं ।’ यसअघि नै १ करोड लगानीबाट सुरु गरेको वेलकम प्याराग्लाइडिङ प्रालिले पर्यटन प्रवर्द्धनसँगै साहसिक खेल क्षेत्रमा टेवा पुग्ने बताए । उनका अनुसार आइतबारदेखि सुरु भएको व्यावसायिक प्याराग्लाइडिङ उडान आगामी जेसम्म सञ्चालन गरिनेछ ।

५० प्रतिशत छुट
हाल सुर्खेतका नागरिकलाई प्रतिउडानमा ५० प्रतिशत छुट गरिएको छ । कम्पनीले प्रतिउडान, प्रतिव्यक्ति ३ हजार ५ सय, तीनदेखि ५ जनाको समूहलाई प्रतिव्यक्ति ३ हजार २ सय, पाँचदेखि १० जना समूहलाई २ हजार ८ सय र १० भन्दा माथिको समूहलाई प्रतिव्यक्ति, प्रतिउडान २ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)