काठमाडौं । सांसदहरूले कर्णाली नदीमा निर्माणाधीन पुल चाँडो सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । कञ्चनपुर जिल्लाका सांसदहरू निरुदेवी पाल, दीपकप्रकाश भट्ट र नरबहादुर धामीले भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठलाई पुल निर्माणमा रहेका समस्या हटाएर चाँडो सम्पन्न गर्न ध्यानाकर्षण गराएका हुन् ।
दोधारा चाँदनी जोड्ने गरी महाकाली नदीमा निर्माणाधीन पुलमा डिजाइन परिवर्तन गर्ने भन्दै निर्माण रोकेकामा पुनः अघि बढ्न नसकेको सांसद धामीले जानकारी दिए । उनका अनुसार पहिले पुलको नजिकै पर्यटकलाई आकर्षित गर्ने गरी पोखरीलगायत आकर्षणका लागि संरचना बनाइने भनिए पनि अहिले केही परिवर्तन हुन लागेको छ । रासस