ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरेन्द्रनगरद्वारा आपत्कालीन कार्य सञ्चालन केन्द्र तयार

२०७८ माघ, २७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले जिल्लामै पहिलो आपत्कालीन कार्य सञ्चालन केन्द्र तयार गरेको छ । नगर क्षेत्रभित्र हुने विपद्का घटनाको न्यूनीकरण तथा रोकथामका लागि गरिने गतिविधि अब नगरपालिकाले यही केन्द्रमार्फत सञ्चालन गर्ने बताएको छ ।

केन्द्रमा कम्तीमा सात दिनका लागि पुग्ने खाद्यान्न तथा खानेपानीको मौज्दात वा आपूर्ति सुनिश्चितताको तथ्यांक रहनेछ भने आपत्कालीन अवस्थाका लागि अत्यावश्यक औषधि, महिला तथा शिशुलाई आवश्यक सेनिटरी प्याड, डाइपरजस्ता सामग्री राखिनेछ । केन्द्र सञ्चालनका लागि आवश्यक कार्यालय तथा मसलन्द सामग्री, आपत्कालीन उद्धारका लागि सामग्री, सूचना तथा सञ्चारका साधन रहनेछन् । नगरप्रमुख देवकुमार सुवेदीले स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र व्यवस्थापन कार्यविधि निर्माण भइसकेको जानकारी दिए । उनका अनुसार नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक टोपबहादुर दर्लामीको संयोजकत्वमा गठित कार्यदलले कार्यविधिको मस्यौदा तयार पारिसकेको र कार्यपालिका बैठकले उक्त कार्यविधि स्वीकृत गर्नेछ ।

कार्यविधिमा पूर्वतयारी, प्रतिकार्य व्यवस्थापन, पूर्वसूचना, सुरक्षा, सूचना तथा सञ्चार, द्रु क्षति लेखाजोखा, केन्द्र रहने स्थान, व्यवस्थापन कर्मचारीलगायत विभिन्न विषय उल्लेख गरिएको छ । नगरपालिकाको यो केन्द्र सञ्चालनका लागि नगर प्रमुखको संयोजकत्वमा निर्देशन समिति हुनेछ । सोही समितिबाट केन्द्र सञ्चालन हुनेछ । नगरप्रमुख सुवेदीले केन्द्रको औपचारिक उद्घाटनपछि मात्र यहाँबाट विपद् न्यूनीकरणका क्रियाकलाप सञ्चालन गरिने बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)