ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीमा घट्दो दरमा कुष्ठरोग

२०७८ माघ, २९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

कर्णाली । कर्णालीको मुख्य स्वास्थ्य समस्याका रूपमा रहेको कुष्ठरोग पछिल्ला वर्ष भने घट्दो दरमा रहेको पाइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले ५ वर्षअघि र यसपछिका वर्षहरूको तुलना गर्दै कुष्ठरोगका बिरामी घट्दो दरमा रहेको जानकारी दिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले ५ वर्षअघि बिरामी पत्ता लाग्ने दर ६ दशमलव ४९ प्रतिशत तथा हाल ३ दशमलव ६७ प्रतिशत रहेको बताए ।

‘कर्णालीमा कुष्ठरोग निवारणको चरणमा पुगेको छ, बिरामीको पहिचान वर्षेनि घट्दो क्रममा छ,’ उनले भने, ‘समयमै रोग पत्ता लगाएर नियमित उपचार गरेमा यो पूर्णरूपमा निको हुन्छ, अपाङ्गता हुनबाट बच्न सकिन्छ ।’ कर्णालीमा कुष्ठरोग निवारणका लागि सरकारी निकायसँगै अन्तरराष्ट्रिय गैरसरकारी संस्था आईएनएफले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ११५, २०७४/७५ मा ११५, २०७५/७६ मा ८९, २०७६/७७ मा ५५ र २०७७/७८ मा ६७ नयाँ बिरामी फेला परेका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)