ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन शुरू

२०७८ फागुन, १६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

कालीकोट । कालीकोटको पलाँता र पचाल झरना गाउँपालिकाले कर्णाली नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन शुरू गरेका छन् । पलाँता गाउँपालिकाको घाटाचौरदेखि पचाल झरना गाउँपालिकाको लाफा पडेक्षासम्म कर्णाली नदीको चार किलोमिटरमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन शुरू गरिएको हो ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पचाल झरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बराल, पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीलगायतको टोलीले चार किलोमिटर र्‍याफ्टिङ गरेर अध्ययन शुरू गरेको पचाल झरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले बताए ।

कर्णाली नदीको बहुप्रयोग योजनाअन्तर्गत र्‍याफ्टिङको सम्भाव्यता अध्ययन शुरू गरिएको उनले बताए । ‘यहाँको पर्यटक प्रवर्द्धन र रोजगारी अभिवृद्धिका लागि गाउँपालिकाले कर्णाली नदीमा र्‍याफ्टिङको सम्भाव्यता अध्ययन शुरू गरेको छ,’ उनले भने, ‘सम्भाव्यता अध्ययन सफल भएको छ । अब छिट्टै कर्णाली नदीमा र्‍याफ्टिङ सञ्चालन गर्नेछौं ।’ कर्णाली नदीमा र्‍याफ्टिङको सफल परीक्षण भएको र्‍याफ्टिङ पर्यटन व्यवसायीले मनराज सिम्खडाले बताए । ‘कालीकोटको पचालझरना नेपालकै अग्लो झरनाको रूपमा चिनिएको छ । यसको उचाइ ३८१ मिटर रहेको छ’, उनले भने, ‘नेपाल सरकारको ६४औं र कर्णाली प्रदेश सरकारको ४०औं पर्यटकीय गन्तव्यकोे सूचीमा यसलाई राखिएको छ ।’

गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालका अनुसार प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा पचाल झरना पुग्न आठ किलोमिटर सडक र होमस्टे निर्माण गरिएको छ । पचाल झरना हेर्न आउने पर्यटकलाई लक्षित गरी गत वर्षदेखि सञ्चालन गरिएको होमस्टेमा विदेशी पर्यटक न्यून मात्रामा आउने गरेका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)