ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना कहरमा पर्यटन मजदूर : दक्ष जनशक्ति विस्थापित

२०७८ फागुन, १६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

धरान । कोरोनाका कारण २ वर्षदेखि पर्यटन व्यवसाय शिथिल बन्दा त्यसको मार यस क्षेत्रका मजदूरमा समेत परेको छ । कोरोनाका कारण पर्यटन व्यवसाय सामान्य अवस्थामा फर्किन नसक्दा अधिकांश मजदूर अन्य पेशामा लागेका छन् । कोरोनाको जोखिम केही सामान्य हुँदै गएपछि सरकारले पर्यटन व्यवसायलाई लक्षित गर्दै केही राहतका प्याकेज ल्याए पनि पर्यटन मजदूरको पहिचान हुन नसक्दा उनीहरूले अहिलेसम्म त्यसको लाभ पाएका छैनन् । कोरोना कहरले जोखिममा परेका अन्य व्यवसायका मजदूरलाई राहत प्याकेजको व्यवस्था गरिए पनि पर्यटन मजदूरलाई भने कुनै व्यवस्था नगरिएको व्यवसायीको गुनासो छ ।

पर्यटन व्यवसाय अन्तर्गत होटल, ट्राभल्स, ट्रेकिङ लगायत क्षेत्रमा काम गर्ने मजदूर विस्थापित हुन पुगेका छन् । ठूला व्यवसायमा मजदूर कार्यरत भए पनि साना व्यवसायका मजदूर भने विस्थापित भएका हुन् । कामविहीन हुँदा पेशा नै परिवर्तन गर्नुपरेको उनीहरूको भनाइ छ ।

कोरोनाकालमा २ वर्षसम्म कामविहीन हुनुपर्दा दक्ष जनशक्ति पेशा परिवर्तन गर्न बाध्य बनेको नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नम्बर १ का पर्यटन शाखा संयोजक भवीशकुमार श्रेष्ठले बताए । उनका अनुसार पर्यटन व्यवसायका ३० हजार मजदूर प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ५० हजार मजदूर प्रभावित बनेका छन् । ‘ठूला होटल, ट्राभल्स, ट्रेकिङमा कार्यरत मजदूर ५–६ महीनापछि नै काममा फर्के, तर साना व्यवसायमा काम गर्ने मजदूर विस्थापित भए ।’ धेरै मजदूर कामविहीन भएर अन्यत्र पलायन हुादा अहिले जनशक्ति तयार गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

कोरोना जोखिमको समयमा सरकारले नीतिगत रूपमा केही सहयोग नगरेको होटल एशोसिएशन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली बताउँछन् । कोरोनाको समयमा व्यवसायी आफैले मजदूरको व्यवस्थापन गर्नुपरेको उनको भनाइ छ ।

सरकारले नीति बनाएर पर्यटन मजदूरलाई राहतको व्यवस्थापन गरिदिनुपर्नेमा उनले जोड दिए । ‘सरकारले अनुदान, छूटको सुविधा पनि ल्याएन, अन्य क्षेत्रका मजदूरलाई दिए जस्तो पर्यटन व्यवसायमा अवधारणा ल्याउनुपर्छ,’ उनले भने ।

विस्थापित जनशक्तिलाई पुनः काममा फर्काउने अवस्था सृजना हुनुपर्ने महासंघका प्रदेश नम्बर १ पर्यटन संयोजक श्रेष्ठले बताए । ‘हामी व्यवसायीले भनिरहेका छौं, तर सरकारले कुनै पनि योजनाको काम गरिरहेको छैन,’ उनले भने, ‘हामीले आफैले तालिम दिने काम गरिरहेका छौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)