फागुन २१, मान्म(कालीकोट) । कालीकोटमा ३३ केभीए प्रसारण लाइन जडान हुने भएको छ ।
यसभन्दा अघि दैलेखेको दुल्लुदेखि कालीकोटहुँदै जुम्लासम्म ११ केभीए विद्युत् प्रसारण लाइन जडान भए पनि त्यसलाई विस्तार गरेर ३३केभीए विद्युत् प्रसारण लाइन जडान लागेको हो ।
विगतमा कालीकोट र जुम्लामा ११ केभीए प्रसारण लाइन भएको र त्यसले विद्युतको मागलाई धान्न नसकेका कारणले अहिले त्यसको विस्तार ३३ केभीए प्रसारण लाइन जडान हुने नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्राविधिक जयप्रसाद पाण्डेले बताए ।
उनका अनुसार विगतका ११ केभीए प्रसारण विद्युत् प्रसारण लाइनले माग अनुसारको धान्न नसकेपछि माग अनुसारको विद्युत् आपूर्ति गर्नका लागि ३३ केभीए प्रसारण गर्न लागिएको हो ।
नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले प्रसारण जडानका लागि एक हप्ता लाग्ने र शनिवरादेखि आउँदो आइतवारसम्म बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।
३३ केभीए प्रसारण लाइन जडान परीक्षण अवधिसम्म पिन, डिस सट हुँदा पोलमा करेन्ट प्रवाह हुनसक्ने र छुँदा करेन्ट लागि दुर्घटना हुने सम्भावना भएकाले विद्युतका पोल स्टेलगायतका विद्युतीय संरचना नजिक नजान आग्रह गरिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्राविधिक पाण्डेले जानकारी दिए ।
कर्णाली प्रदेशका १० ओटा जिल्लामध्ये नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान भएको छ भने हुम्ला, मुगु र डोल्पामा अझै विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान हुनसकेको छैन। कालीकोट र जुम्ला गत आर्थिक वर्षमा मात्रै विद्युतको ११ केभीए राष्ट्रिय प्रसारण लाइन जडान भएको थियो । रासस