ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी तीव्र

२०७८ फागुन, २५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जुम्ला । कर्णाली खेलकुद क्लब जुम्लाले जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८ को तयारी तीव्र पारिएको बताएको छ । आगामी चैत २६ गते आयोजना हुन लागेको म्याराथनको तीव्र तयारी भइरहेको हो ।     

जुम्ला सदरमुकाम खलङ्गादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दूरीमा म्याराथन हुन लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताए । जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने हेतुले म्याराथन आयोजना हुन लागेको क्लबका अध्यक्ष शाहीले जानकारी दिए । म्याराथनका लागि खेलाडी दर्ता खुला गरिएको छ ।

तेस्रो पटक जुम्ला–रारा अल्ट्रा म्याराथन हुँदै छ । २०७५ सालमा पहिलो म्याराथन आयोजना गरिएको थियो । २०७६ मा दोस्रो संस्करणको म्याराथन आयोजना गरिएको थियो । कोरोनाका कारण २०७७ सालमा म्याराथन सञ्चालन हुन सकेन । एक वर्षको फरकमा जुम्ला–रारा अल्ट्रा म्याराथन हुन लागेको अध्यक्ष शाहीले बताए ।

समुन्द्री सतहबाट दुई हजार ३०० मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलंगाबाट सुरु हुने म्याराथन तीन हजार ३०० मिटरको उचाइमा रहेको डाँफे लेक, चार हजार १०० मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार ८९० मिटरको उचाइमा रहेको राराताल छेउमा पुगिने भएको छ । जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुटमा व्यावसायिक खेलाडी पाँचदेखि सात घण्टामा पार गर्ने विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाले जानकारी दिए ।

म्याराथनले कर्णालीका खेलाडीलाई प्रोत्साहित गरिरहेको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीलाई कर्णाली भूमिमा आएर खेल प्रदर्शन गर्ने अवसर प्रदान भइरहेको छ । यो कर्णाली चिनाउने एक राम्रो माध्यम भएको छ । गत वर्षको म्याराथनमा महिला र पुरुष खेलाडी गरेर झण्डै ३५० सम्मको सहभागिता हुँदै आएका थिए । यस पटक पनि खेलाडी संख्या बढ्न सक्ने अनुमान गरिएको छ । यस वर्ष म्याराथनमा विजेता खेलाडीको पुरस्कार एक लाखभन्दा बढी हुने आयोजकले बताएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)