ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धौलिगाड खानेपानी आयोजनाको निर्माण प्रक्रिया शुरु : ४४ हजारभन्दा बढी घरधुरी लाभान्वित हुने

२०७८ चैत, ४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

चैत ४, खलङ्गा । कर्णाली प्रदेशको सबैभन्दा ठूलो जुम्लास्थित बृहत् धौलिगाड खानेपानी आयोजना निर्माण हुने भएको छ । विगत डेढ दशकदेखि अलपत्र अवस्थामा रहेका उक्त आयोजनाको निर्माण प्रक्रिया अहिले शुरु भएको हो । 

केही महीना अघि आयोजना निर्माणका लागि आवश्यक बजेटको सुनिश्चितता भएपनि कहिलेबाट निर्माण हुने ढुङ्गो लाग्न सकेको थिएन । रू. एक अर्ब २६ करोडको लागतमा निर्माण हुने उक्त आयोजनाको शनिवार अर्थात् यही चैत ५ गते संघीय खानेपानीमन्त्री उमाकान्त चौधरीले शिलान्यास गर्ने कार्यक्रम तय भएको धौलिगाड खानेपानी आयोजनका प्रमुख महेश न्यौपानेले बताए ।  

उनले भने, ‘कर्णाली प्रदेशकै ठूलो र नेपालको हिमाली भेगमा रहेको सबैभन्दा लामो प्रसारण तथा वितरण क्षेत्र रहेको उक्त खानेपानी आयोजनाबाट चन्दननाथ नगरपालिकासहित गुठिचौर र तातोपानी गाउँपालिकाका ४४ हजार १६३ घरधुरी लाभान्वित हुने छन् ।’

आयोजना सञ्चालनसँगै त्यस क्षेत्रका नागरिकले भोगिरहेका खानेपानी समस्या पनि हट्ने अपेक्षा गरिएको छ । लामो संघर्ष र प्रयासपछि आयोजना निर्माण हुने प्रक्रिया गएकोमा जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले खुसी व्यक्त गरे । आयोजनाअन्तर्गत तीन हजार ३०० भन्दा बढी धारा निर्माण गरिने छन् ।

खानेपानीको अभाव झेलिरहेका जुम्लाका दुर्गम गाउँबस्तीले आयोजनाबाट राहत पाउने विश्वास लिइएको छ । ‘करीब १२ वर्षपछि धौलिगाड खानेपानी आयोजना निर्माणका लागि टेण्डर प्रक्रियामा गएपछि जुम्ली नागरिक खुसी भएका छन् । उनले भने, ‘जुम्ली जनताको ठूलो सपना धौलीगाड खानेपानी आयोजना टेण्डरमा गएको छ । तीन ओटै स्थानीय तहले लगानी गरेपछि आयोजनाले मूर्तरूप लिएको छ । अब आयोजनाले गति लिने छन् ।’

स्थानीय तहको साढे एक करोड लगानी
आयोजना निर्माणका लागि कुल लागतको एक प्रतिशत रकम स्थानीय तहले व्यवस्थापन गर्नु पर्नेछ । एक प्रतिशत श्रमदानका लागि लाभान्वित तीन ओटा स्थानीय तहले रू. एक करोड ४६ लाख लगानी गरेको जिसस उपप्रमुख बुढाले बताए । 

स्थानीय तहले आयोजनाको खातामा अग्रिम नगद जम्मा गरेपछि आयोजना अघि बढेको हो । यसका लागि चन्दननाथ नगरपालिकाले रू. ५० लाख, तातोपानी गाउँपालिकाले रू. ५० लाख र गुठिचौर गाउँपालिकाले रू. ४६ लाख बजेट पहिले नै बैंक धरौटी राखिसकेका छन् । 

सो खानेपानी आयोजनाको शुरुवात २०६४ साल देखिनै भएको थियो । २०६६ सालमा स्थानीयवासी राजबहादुर खत्रीको अध्यक्षतामा उपभोक्ता समितिले आयोजनाको केही काम शुरु गरे पनि पूर्णता हुन सकेन । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)