ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चार वर्षपछि जुम्लामा चालक अनुमतिपत्र वितरण हुँदै

२०७८ चैत, ७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

चैत ७, जुम्ला । चार वर्षपछि जुम्लामा सवारी चालक अनुमतिपत्र वितरण हुने भएको छ ।

पछिल्लो समय सवारी चाप बढ्दै गएपछि जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएको हो । जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएपछि यहाँका सवारी चालकमा खुसी छाएको छ  । 

ऋण जोहो गरेर अटो खरीद गरी सञ्चालन गरेपनि सवारी चालक अनुमति पत्र नहुँदा जरिवाना तिर्न बाध्य भएका जुम्लेलीले अब जिल्लामै चालक अनुमतिपत्र पाउने भएपछि उनीहरु खुसी भएको स्थानीयवासी पदम बुढाले बताए । 

विगत चार वर्षदेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र दिइने कार्य गत फागुन अन्तिम साताबाट जुम्लामै शुरु भएको छ । 

चालक अनुमतिपत्र दिइने भएपछि सबैभन्दा बढी राहत अटो चालकलाई भएको यातायात व्यवस्था कार्यालय जुम्लाका सूचना अधिकारी लोकबहादुर महतले जानकारी दिए । 

बढ्दो माग र जनगुनासोपछि यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको यातायात व्यवस्था कार्यालय जुम्लाले जानकारी दिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)