ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘ट्रेड एक्स्पो २०२२’ को तयारी पूरा

सबै स्टल विक्री

२०७८ चैत, १७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । मोरङ व्यापार संघले चैत १८ देखि २६ गतेसम्म आयोजना गर्ने ‘रमपम ट्रेड एक्स्पो २०२२’ को तयारी पूरा भएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उद्घाटन गर्ने उक्त एक्स्पोको तयार पूरा भएको आयोजकले जानकारी दिएको हो ।

मोरङ व्यापार संघका उपाध्यक्ष एवं एक्स्पो आयोजक समितिका संयोजक विकास बेगवानीले सबै (२७० ओटा) स्टल विक्री भएर धमाधम निर्माण समेत भइरहेको बताए । अहिले ९० प्रतिशत स्टल निर्माण भइसकेको र बाँकी दुई दिनभित्र सम्पन्न हुने उनको भनाइ छ । सबै स्टल विक्री भइसकेको भए पनि अहिले २७ ओटा कम्पनी स्टलका लागि प्रतीक्षामा छन् । मेलामा पहिलोपटक एयर कन्डिसनयुक्त डोम, एयर कुलर डोमसहित साधारण स्टलहरू छन् ।

कोरोना महामारीपछि पूर्वी नेपालमा सबैभन्दा ठूलो प्रदर्शनी र सम्मेलनको रूपमा मेला सञ्चालन हुन लागेको संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए । मेला नयाँ र विद्यमान स्वदेशी उत्पादन तथा सेवाको प्रदर्शन, विक्री र लगानीको सम्भावनाबारे छलफल गर्ने उत्कृष्ट थलो हुने उनले बताए । सात दिनसम्म चल्ने मेलामा करीब १ अर्बको कारोबार हुने अनुमान गरिएको संघका उपाध्यक्ष तथा एक्स्पो  आयोजक समितिका संयोजक विकासकुमार बेगवानीले बताए ।

उनका अनुसार मेलामा एसीसहितको ८०, कुलरसहितका ६०, साधारण १०६, अटो २५ र खाद्यान्नका १० ओटा स्टल रहनेछन् । आयोजकले एसी स्टलका लागि ६० हजार, कुलर स्टलका लागि ४० हजार, साधारण स्टलका लागि ३० हजार, अटो स्टलका लागि ७० हजार र खाद्यान्नका स्टलका लागि ६० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

मेला ४ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलालाई रमपम चाउचाउले मुख्य प्रायोजन गरेको छ । यस्तै सेन्चुरी मसला सहायक प्रायोजक रहेको छ भने दोस्रो र तेस्रो प्रायोजकका रूपमा रिजालको र बाबा गुड हेल्थ छन् । मेलास्थलमा प्रवेशका लागि १ सय रुपैयाँ शुल्क लाग्ने आयोजकले बताएको छ ।

व्यापार संघले यसअघि कोशी महोत्सव २०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला २०५७, विराट महोत्सव २०६२, विराट महोत्सव २०७०, विराट टे«ड एक्स्पो २०७५ लगायत मेला आयोजना गरिसकेको छ । मेलाले प्रदेश १ को पर्यटन क्षेत्रको विकासका लागि समेत महत्त्वपूर्ण टेवा पुग्ने मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले बताए । सरकारले प्रदर्शनीस्थल नबनाइदिएकाले आफूहरूले अस्थायी संरचना बनाएर मेला आयोजना गर्नु परेको र धेरै खर्च हुने गरेको उनले गुनासो गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)