ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ट्रेड एक्स्पो २०२२ सम्पन्न : ३ लाख ५० हजारले गरे अवलोकन, ४० करोडको कारोबार

२०७८ चैत, २८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा सञ्चालित ‘ट्रेड एक्स्पो २०२२’ सम्पन्न भएको छ । चैत १८ देखि २७ गतेसम्म सञ्चालन भएको एक्स्पो ३ लाख ५० हजारले अवलोकन गरेका छन् भने ४० करोड बराबरको कारोबार भएको छ । एक्स्पोमा सबैभन्दा बढी कारोबार अटोमोबाइलको भएको छ ।

आइतवार एक्स्पोको समापन कार्यक्रममा प्रमुख अतिथि एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विराटनगरमा एउटा स्थायी प्रदर्शनी स्थल निर्माणमा भइरहेको अवरोधको कारण खोजेर निर्माण अघि बढाउन आफू तयार रहेको बताए । यसअघि उद्योगी व्यवसायीले विराटनगरमा स्थायी प्रदर्शनी स्थल हुनुपर्ने माग राख्दै आएका थिए ।

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले मुलुकको दोस्रो ठूलो शहरको रूपमा आफ्नो पहिचान बनाएको विराटनगर अहिले छैटौं स्थानमा पुग्ने अवस्था कसको कारण भएको भन्दै नेताहरूलाई प्रश्न गरे । भौगोलिक सुन्दरता र प्रशस्त पर्यटकीय गन्तव्य भएर पनि प्रदेश १ पर्यटन प्रवर्द्धनमा पछि पर्नु विडम्बना भएको उनले बताए । उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले सरकारलाई जिम्मेवार बनिदिन आग्रह गरे । सरकारले प्रदर्शनी स्थल सञ्चालन गर्न दिए पनि तिनकै दलका नेताबाट अवरोध हुँदा काम अघि नबढेको उनले बताए ।

नेकपा एमाले, मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले उद्योगी व्यवसायीको समस्या समाधानमा आफूहरू प्रतिबद्ध रहेको बताए । नेपाल पत्रकार महासंघ, प्रदेश १ का अध्यक्ष लीलावल्लभ घिमिरेले पत्रकारले जहिले पनि उद्योगी व्यवसायीका समस्या लेखिरहने, तर कार्यान्वयन गर्ने सरकार पक्ष भने समाचार हेरेर उदास रहनाले मुलुकको समग्र विकास नहुने बताए ।

नेपाल उद्योग परिसंघ, प्रदेश १ अध्यक्ष भीम घिमिरेले एक्स्पो ऐतिहासिक रूपमा सफल भएको बताए । विराटनगरमा एउटा प्रदर्शनी स्थलको आवश्यकता रहेको भन्दै उनले सबैले त्यसको कार्यान्वयनका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले दोस्रो ठूलो शहरबाट छैटौं स्थानमा पुगेको विराटनगरको शाख फर्काउन सबैले पहल गर्नुपर्ने बताए । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगर विमानस्थल विस्तार र विराटनगरमा स्थायी प्रदर्शनीस्थल निर्माणका लागि महानगरपालिकाको सक्रिय सहयोग रहने बताए । प्रदेश सरकारका पूर्वमन्त्री तथा एमालेका केन्द्रीय सदस्य हिक्मत कार्कीले विराटनगरको विमानस्थल निर्माणमा अहिलेको सरकारका पर्यटन मन्त्रीको उदासीनताले काम ढिला भइरहेको बताए ।

कार्यक्रममा एक्स्पो संयोजक विकास वेगवानीले स्थानीय अर्थतन्त्र चलायमान हुनेगरी मेलामा स्थानीयको सहभागिता भएकोमा सबैप्रति आभार व्यक्त गरे । मोरङ व्यापार संघका पूर्वअध्यक्ष ताराचन्द खेतानले अहिलेको विषम परिस्थितिमा सरकार निजीक्षेत्रसँग मिलेर अघि बढ्नुपर्ने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)