ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन गरिँदै

२०७८ चैत, २९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेत शाखाले खाद्यान्नको अभाव हुन नदिन तथा मूल्यवृद्धि नियन्त्रण गर्न सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले पहिलो चरणमा कर्णालीका नागरिकलाई लक्षित गरी सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको हो ।

कम्पनीले सोमवार सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालन सम्बन्धी परामर्श कार्यक्रम गर्दै दुर्गममा सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने जानकारी गराएको हो । त्यसका लागि आवश्यक गृहकार्य भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले बताए ।

उनले मूल्यवृद्धि नियन्त्रण गर्न र दुर्गमका नागरिकलाई लक्षित गरी विश्व खाद्य कार्यक्रमको सहयोगमा बाह्रै महीना सहज रूपमा खाद्यान्न उपलब्ध गराइने बताए । दुर्गममा सुपथ मूल्य पसल सञ्चालनका लागि ढुवानीको मूख्य समस्या रहेकाले तीनै तहका सरकारसँग सहकार्य गर्दै हेलिकोप्टर, हवाईजहाज र घोडा खच्चडमार्फत ढुवानी गरी खाद्यान्न आपूर्तिको व्यवस्था मिलाइने उनको भनाइ छ ।

कार्यक्रममा कम्पनीका नायब प्रबन्धक श्रीमणिराज खनालले  देशभर सहज रूपमा खाद्यान्न आपूर्तिका लागि अहिले सम्बन्धित क्षेत्रका सहकारीसँग परामर्श भइरहेको बताए ।

त्यस्तै विक्री वितरण विभागीय प्रमुख भीमबहादुर थापाले खाद्यान्नको बढ्दो मूल्य नियन्त्रण गर्न छिटोभन्दा छिटो सहुलियत मूल्य पसल सञ्चालमा ल्याइने बताए । सहुलियत मूल्य पसल सञ्चालनका लागि आवश्यक ऐन, नियम बनाएर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पुगेको उनले जानकारी दिए ।  स्वीकृति मिलेपछि सहकारीमार्फत सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइने उनले बताए । कार्यक्रममा सहभागी सहकारी संघसंस्थाका प्रतिनिधिले सहुलियत मूल्य पसल सञ्चालन गरेबापत पाउने हाल कायम ६/७ प्रतिशतको अनुदान बढाउन माग गरे । त्यस्तै ढुवानी खर्च उपलब्ध गराउनुपर्ने, सम्भव भएसम्म ढुवानीको जिम्मा समेत सहकारीलाई नै दिनुपर्ने उनीहरूको माग थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)