ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिमकोटका किसान आलुखेतीतर्फ आकर्षित

२०७९ बैशाख, १  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सिमकोट । पछिल्लो समय हुम्लाको सदरमुकाम सिमकोटका किसान परम्परागत बाली छाडेर आलुखेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर, चिनो र कोदोभन्दा सदरमुकामवासीका लागि आलुखेती मुख्य भएको छ । सदरमुकामवासी आफ्ना उत्पादनलाई बजारमा सहज विक्री गर्न सकिने भएपछि तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

नेपालकै उच्च वातावरणमा उब्जेको आलु स्वादिलो र छिटो पाक्ने भएकाले यसको माग बढ्दै गएपछि यहाँका किसान यसको खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । आलु जति फलाए पनि विक्रीको चिन्ता नभएको यहाँका किसान बताउँछन् । मौसमीभन्दा बेमौसमीमा यसको भाउ बढी पाइने गरेको किसान बताउँछन् ।

सदरमुकाम सिमकोट–५ तल्लोगाउँ र ६ माथिल्लो गाउँका किसानले सदरमुकाममा भएका आफ्ना बढीजसो खेतमा आलुखेती मात्रै गर्ने गरेको किसान मुक्ति रावतले बताए । उनका अनुसार एक–दुई खेतमा मात्र अन्य बाली उत्पादन हुँदै आए पनि बढीजसो खेतमा आलुमात्रै उत्पादन गर्न थालिएको छ । यहाँका किसानले बर्खामा मात्र आलुखेती गर्ने चलन छ । यहाँका अधिकांश किसानले आलु उत्पादन गरेर घर खर्च चलाउँदै आएका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)