ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोरङ व्यापार संघले बुझायो बजेटसम्बन्धी सुझाव

२०७९ बैशाख, १  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । मोरङ व्यापार संघको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर आगामी बजेटमा समेटिनुपर्ने विषयको सुझाव बुझाएको छ । संघका अध्यक्ष नवीन रिजालको नेतृत्वमा गएको टोलीले अर्थमन्त्रीलाई मंगलवार सुझाव पेश गरेको हो ।

सुझावपत्रमार्फत संघले कतिपय उद्योगको ‘बाई प्रडक्ट’ र ‘सेमी प्रडक्ट’ अर्को उद्योगका लागि कच्चापदार्थको रूपमा प्रयोग हुने हुँदा त्यस्ता वस्तुलाई कवाडीमा परिभाषित गर्न नहुने, चेक बाउन्स हुँदा कालोसूचीमा राख्ने प्रावधान अन्तर्गत कालोसूचीमा परेका व्यक्तिको परिवारका सबै सदस्यलाई समेत कालोसूचीमा राख्ने व्यवस्था गरिनुपर्ने, बजेट वक्तव्यको बेला बाहेक भन्सार सम्बन्धी संसदीय समितिमार्फत वा समयसापेक्ष तवरले भए पनि भन्सार महशुल परिमार्जन गर्न सकिने व्यवस्था गरिनुपर्ने लगायत माग राखेको छ ।

यसैगरी आयकर सम्बन्धी विषयमा निर्यातमूलक उद्योगलाई प्रोत्साहन स्वरूप ५ वर्षसम्मका लागि आयकरमा शतप्रतिशत छूटको व्यवस्था गरिनुपर्ने, सुनसरीको अमडुवामा रहेको साल्ट ट्रेडिङको ६५० बिघा जग्गामा निर्यातमूलक उद्योगलाई सहजीकरण गर्न आवश्यक सम्पूर्ण पूर्वाधार सुविधासहितको औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गरिनुपर्ने सुझाव संघले दिएको छ । साथै विराटनगरलाई बंगलादेश, दिल्ली, कोलकातासँग जोड्न नयाँ विमानस्थल निर्माणको पहल गरिनुपर्ने, प्रदेश १ मा औद्योगिक उत्पादनको प्रदर्शनीका लागि संघीय सरकारले अत्याधुनिक प्रदर्शनीस्थल बनाउन बजेट विनियोजन गर्नुपर्ने, विराटनगरबाट निजगढसम्म ६ लेनको सडक निर्माण गरिनुपर्ने लगायत सुझाव संघले पेश गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)