ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतका २० मतदानस्थल ‘अति संवेदनशील’

२०७९ बैशाख, २  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

कर्णाली । जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति सुर्खेतले जिल्लाका २० मतदानस्थल ‘अति संवेदनशील’ रहेको बताएको छ । मतदानस्थलको स्थलगत निरीक्षण गर्दै समन्वय समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, सामान्य र अति सामान्य केन्द्रका रूपमा वर्गीकरण गरेको हो ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले १३८ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले २० अति संवेदनशील, ३३ सामान्य र ७५ केन्द्र अति सामान्य रहेको जानकारी दिए । ‘विगतका निर्वाचनमा भएका घटना, दलको प्रतिस्पर्धा, भौगोलिक अवस्था लगायतलाई आधार बनाई मतदानस्थलको वर्गीकरण गरेका छौं,’ उनले भने, ‘स्थानीय तह निर्वाचनमा मतदानस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाइनेछ, ती मतदानस्थलबाट मतगणनास्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सजगता अपनाइनेछ ।’ प्रमुख जिल्ला अधिकारी रिजाल, प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेसहित सुरक्षा निकायका प्रमुखको टोलीले जिल्लाका नौ स्थानीय तहमध्ये लेकबँेशी र भेरिगंगा नगरपालिकाका मतदानस्थलबाहेक अन्य सबै स्थानको निरीक्षण गरिसकेको छ ।

यसपटक सम्बन्धित स्थानीय तहको मुकाममा नै मतगणना हुँदै छ । निर्वाचन आयोगले मतगणना स्थलमा सीसीटीभी क्यामरा जडान गर्न निर्देशन दिएपछि सुरक्षा टोलीले मतगणना स्थल निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘अधिकांश मतगणना स्थलमा क्यामरा जडान भइसकेका रहेछन्, बाँकी स्थानमा पनि छिटो जडान गर्न निर्देशन दिएका छौं ।’ २०७४ सालको निर्वाचनमा जस्तो यसपटक भूमिगत समूहको हिंसात्मक गतिविधि नहुने सुरक्षा निकायको विश्लेषण छ ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले निर्वाचनका लागि आवश्यक व्यवस्थापकीय तयारी भइरहेको बताए । मतदान र मतगणना स्थलमा खटिने कर्मचारीको व्यवस्थापन, मतपेटिकाको मौज्दात विवरण अध्ययन, आवश्यक मसलन्दका सामग्रीको व्यवस्थापन गरिरहेको उनको भनाइ छ । सुर्खेतमा दुई लाख ३८ हजार ४५७ मतदाता छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)