ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एकै महीनामा झण्डै २ लाख कित्ताकाट, फेरी बढ्न लागेको हो घरजग्गाको कारोबार ?

२०७९ बैशाख, ४  
घरजग्गा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

वैशाख ४, काठमाडौं। सरकारले कृषि योग्य जग्गाको संरक्षण गर्न भन्दै जग्गाको खण्डिकरणमा रोक लगाएको छ । तर जग्गाको कित्ताकाट भने रोक लगाएपछि नै लगातार बढेको बढ्यै छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याकं अनुसार गत चैत महीनामा मात्रै एक लाख ७३ हजार कित्ताकाट भएका छन् । यो तथ्याङ्क एकै महीनामा भएको सर्वाधिक कित्ताकाट मध्येकै एक हो ।

विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चैतमा साबिकका ७३ हजार ८०५  कित्ताहरु काटेर १ लाख ७२ हजार ७९७ ओटा कित्ता कायम भएका छन् ।  गत फागुनमा साविकका ६८ हजार ९५९ ओटा कित्ता काटेर १ लाख ५९ हजार १२८ कित्ता कायम भएको बिभागको रेकर्ड छ ।

यो तथ्याकं फागुन महिनाको भन्दा झण्डै ५ हजार बढी साबिकका कित्ताहरु टुक्र्याएर १३ हजार ६६९ बढी कित्ता कायम भएका छन् । 

कुन ठाउँमा हुन्छन् धेरै कित्ताकाट ?
गत चैत महीनामा सबैभन्दा कित्ताकाट झापाको दमकमा भएको छ । झापामा ३ हजार ५० साविकका कित्ताहरु काटेर ६ हजार २९१ नयाँ कित्ता कायम भएका छन् । त्यस्तै पूर्वकै इटहरीमा साविक २ हजार ९१२ कित्ता जग्गा खण्डिकरण गरेर ७ हजार २९६ नयाँ कित्ता कायम भएका छन् ।  

त्यस्तै, तेस्रो धेरै कित्ताकाट हुनेमा बेलबारी मोरङ रहेको छ । बेलबारीमा साविकका २ हजार २३७ कित्ता जग्गा टुक्र्याएर ५ हजार ७७७ नयाँ कित्ता कायम गरिएको छ ।

सबैभन्दा धेरै जग्गाको किनबेच हुने ठाउँमा नै कित्ताकाट पनि धेरै भएको पाइन्छ । पछिल्लो समय झापामा दमक र भद्रपुर, सुनसरीमा इटहरी, मोरङमा बेलबारी र विराटनगर, जनकपुर, बारा, पर्सा, चितवन, बुटवल, पोखरा, दाङ, नेपालगञ्ज, सुर्खेत र धनगढीमा घरजग्गाको सर्वाधिक कारोबार हुने गरेको छ ।

चैतमा देशभर ७० हजार ८३० घरजग्गा किनबेच हुँदा साढे ३ अर्ब रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको छ । चैतमा फागुनको भन्दा ५ हजार कम घरजग्गा किनबेच भएका हुन् । रजिष्ट्रेशन दस्तुर पनि फागुनको भन्दा ३० करोड रुपैयाँ कम संकलन भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)