ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

परमपरागत घर बनाउनेलाई भक्तपुरले दियो ६४ लाख रुपैयाँ अनुदान, एकै व्यक्तिलाई साढे ८ लाखसम्म

२०८० असार, ७  
समाचार घरजग्गा
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका क्षेत्रभित्र परम्परागत शैलीमा घर निर्माण गरेका स्थानीयवासीलाई ६४ लाख ७२ हजार रुपैयाँ अनुदान वितरण गरेका छन् । 

भक्तपुर नगरपालिकाले यहाँ आयोजना गरेको कार्यक्रममा आफ्ना नगर क्षेत्रभित्र मापदण्डअनुसार परम्परागत शैलीमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका स्थानीयवासीलाई ३५ प्रतिशत अनुदान रकम प्रदान गरेको हो ।

नगरपालिका क्षेत्रभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने स्थानीयवासीले खरीद गर्ने डाँची अप्पा, माः अप्पालगायतका इँटा, काठका कलात्मक झ्याल, ढोकालगायतका विभिन्न सामग्री खरीदमा लागेको कूल रकमको ३५ प्रतिशत अनुदान दिने कार्यक्रमअन्तर्गत अध्यक्ष बिजुक्छेँले प्रतिव्यक्ति ७५ हजारदेखि ८ लाख ४६ हजार रुपैयाँसम्म रकम प्रदान गरेका हुन् ।

उनले भनपा–३ का इन्द्रकाजी शिल्पकारलाई ७५ हजार एक सय ३७, वडा नं ६ का हेलबहादुर दुवाललाई ४ लाख २३ हजार एक सय ९१, वडा नं ४ का उपेन्द्रभक्त तिमिला र ऋषि केशवभक्त तिमिलालाई १ लाख ६८ हजार सात सय ९५, वडा नं. २ का सुरेशबहादुर कायष्थ र सुर्वणकुमारी कायष्थलाई ३ लाख ७८ हजार पाँच सय २७, वडा नं २ का सुजितबहादुर कायष्थ र सुवर्णकुमारी कायष्थलाई ३ लाख ३६ हजार नौ सय ६५ र वडा नं ४ का रणबहादुर छुस्याकीलाई १ लाख ६२ हजार सात सय २२ रुपैयाँ अनुदान दिएका हुन् । 

त्यस्तै, वडा नं २ का राजेशचन्द्र प्रधानाङ्गलाई २ लाख ८२ हजार ७९, वडा नं ६ का कृष्णभक्त चाँगुभारीलाई १ लाख ५० हजार ६ सय १९, वडा नं ७ का बलराम तचामोलाई १ लाख चार चार सय ८६, वडा नं ६ का अष्टमाया मूलगुठी २ लाख ७४ हजार दुई सय ९९, वडा नं ६ का अर्जुन नेपाललाई १ लाख ९४ हजार तीन सय १९ र भनपा–४ का दिलिस खाइतुलाई २ लाख ४० हजार नौ सय ३६ रुपैयाँ काठ, इँटा र झिङ्गटीमा अनुदान दिएको हो । 

त्यस्तै, वडा नं १० का बलराम सहिकर्मीलाई २ लाख ९५ हजार आठ सय ३७, वडा नं ५ का मैयादेवी लोहला समेतलाई ५ लाख ५५ हजार तीन सय ३४, वडा नं ५ का मोहनकेशरी सुवाललाई ७ लाख १५ हजार दुई सय २२, वडा नं २ का रीता दुवाललाई २ लाख ४२ हजार ६ सय ७४, वडा नं ५ का शतिशकुमार धौभडेललाई १ लाख ७७ हजार दुई सय ७३, वडा नं २ का कोशव लघु र लक्ष्मीकेशरी लघुलाई ८ लाख ४६ हजार एक सय ४४, वडा नं ५ का बिजुली सिबन्जारलाई ५ लाख ८२ हजार आठ सय २३, वडा नं ९ का पूर्णनारायण ज्याख्वलाई १ लाख ५४ हजार दुई सय ७३ र वडा नं २ का कृष्णराम दथेपुथेलाई १ लाख १० हजार सात सय २६ रुपैयाँ गरी कूल रु ६४ लाख ७२ हजार तीन सय ९० रुपैयाँ अनुदानस्वरुप प्रदान गरिएको हो ।

कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिका क्षेत्रमा सम्पदाहरू आफैंमा जीवित रहेको चर्चा गर्दै यसको संरक्षणमा नगरपालिका आफैँ लाग्नुपर्ने बताए । उनले नयाँ पुस्तालाई मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, निर्माण र पुनर्निर्माणमा अगाडि बढाउनुपर्ने पनि बताए ।

कार्यक्रममा नगरपालिका प्रमुख सुनिल प्रजापतिले अनुदान रकमलाई आगामी वर्षका लागि पनि निरन्तरता दिने उल्लेख गर्दै परम्परागत शैलीमा घर निर्माणका लागि नगरवासीलाई प्रोत्साहन दिँदै आएको बताए ।
–रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)