ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूरा भएन भवन निर्माणको काम

२०७९ बैशाख, १४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

कर्णाली । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष ०७६/०७७/०७८ मा जुम्लामा शुरू गरेका विद्यालय भवन निर्माण तथा खेलकुद क्षेत्रका कतिपय योजनाहरू बजेट अभावमा अधुरो रहेका छन् ।

सामाजिक विकास मन्त्रालयको बजेटमा निर्माण कार्य शुरू गरिएको सरस्वती प्राविधिक मावि कुडारी जुम्लाको छकोठे भवनको निर्माणको योजना  पूरा भएको छैन । मन्त्रालयले रु ५० लाखमा विद्यालय भवन निर्माण गर्ने गरी सञ्चालन गरेको उक्त योजना बजेट अभावकै कारण अधुरो अवस्थामा रहेको उक्त विद्यालयका प्रधानाध्यापक रामविलास यादवले जानकारी दिए ।

मन्त्रालयले आर्थिक वर्ष ०७६/०७७ मा जुम्लाका आठ विद्यालयमा छकोठे भवन निर्माणका लागि रु ५०/५० लाख बजेट विनियोजन गरेको थियो । तर तिला गाउँपालिका–३ जुम्ला कुडारीस्थित सरस्वती प्राविधिक माविको निर्माणाधीन छकोठे भवनका लागि मन्त्रालयले पूर्ण भुक्तानी नगर्दा निर्माण अधुरो रहेको प्रधानाध्यापक यादवले बताए ।

‘अहिलेसम्म पहिलो किस्ता रु १५ लाख, दोस्रो किस्ता रु नौ लाख र तेस्रो किस्ता रु ६ लाख गरी रु ३० लाख बजेट प्राप्त भएको छ,’ प्रधानाध्यापक यादवले भने, ‘कन्टिन्जेन्सी रकम काटेर बाँकी रु १८ लाख रकम मन्त्रालयले बेलैमा निकासा नदिँदा निर्माण कार्यमा अवरोध पुगेको छ ।’ विद्यालय भवन निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको उनले जनाए ।

सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाइले सरस्वती प्राविधिक मावि कुडारी, रु १४ लाखको कर्णाली हाई अल्टिच्युड टे«निङ सेन्टर र डेढ करोड बराबरको जुम्ला कभर्ड हलको भलिबल प्यारापिट निर्माणको बजेट पठाउन पटक पटक अनुरोध गरिएको बताए । ‘मन्त्रालयले अन्तिम चौमासिकमा रकमान्तरण गरिने आश्वासन दिलाएकाले पैसा आउला भन्ने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘यो चुनावले पनि काम अघि नबढेको हुन सक्छ ।’

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी रामप्रसाद उपाध्यायले आर्थिक वर्ष ०७६/०७७ मा सबै पालिकामा नम्ना विद्यालय निर्माणका लागि भनेर रु ५० लाखको बजेट विनियोजन भए पनि कोभिड महामारीले निर्माण सम्पन्न हुन नसकेको बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)