वैशाख १८, सुर्खेत । होटल व्यवसायी संघ सुर्खेतको अध्यक्षमा ऐनबहादुर शाही निर्वाचित हुनुभएको छ ।
संघको पाँचौं चुनावी साधारणसभाले शाहीको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुमन कार्की (केसी), प्रथम उपाध्यक्षमा हरिप्रसाद अधिकारी, द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद पाण्डे, महासचिवमा विकास सिलवाल, सचिवमा अर्जुन देवकोटा र कोषाध्यक्षमा दुर्गाबहादुर बस्नेत निर्वाचित भएको निर्वाचनमण्डलका संयोजक अधिवक्ता दुर्गाप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार सदस्यमा धनबहादुर खड्का, गोपाल बिसी, रामचन्द्र चौधरी, टीकाराम खड्का, गणेश गुरुङ, गोविन्दकुमार केसी, कृष्णप्रसाद पौडेल, शङ्कर भट्टराई, गोविन्द लामा र पोषणराज रेग्मी चयन भएका छन् ।
संयोजक सापकोटाले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। सो अवसरमा निवर्तमान अध्यक्ष गोरख रावतले नवनिर्वाचित अध्यक्ष शाहीलाई निर्णय पुस्तिकासहित आवश्यक कागजजात हस्तान्तरण गरेका थिए । रासस