ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पातारासीका किसान आलुखेतीमा आकर्षित

२०७९ बैशाख, २०  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकास्थित लोर्पा गाउँका किसान पछिल्लो समय आलुखेतीतर्फ आकर्षित भएका छन् । सदरमुकाम खलङ्गाबाट एक घण्टा मोटरयात्रापछि पूर्वको पातारासीमा प्रवेश गर्दा भेटिन्छ लोर्पा गाउँ । परम्परागत खेती प्रणाली त्याग्दै व्यावसायिक कृषिकर्ममा लागिपरेका लोर्पावासी  मकै, गहुँ, जौ रोप्दा दु:ख मात्रै हुने हुँदा अहिले नगदेबाली आलु, सिमी, तरकारी, स्याउ र ओखरखेती गरिरहेका छन् ।

घर खर्चदेखि बच्चाको पढाइ खर्चसमेत आलुखेतीबाट धान्ने गरेको स्थानीयवासी धनवीर बोहोराले बताए । स्थानीयवासीले उत्पादन गरेको कृषि उत्पादनलाई स्थानीय सरकारले विशेष जोड दिएपछि आलुखेती लगायतमा किसान सक्रिय भएको स्थानीय बासिन्दा बताउँछन् । विदेशी भूमिमा पसिना बगाउन कम्मर कसेका युवालाई स्वदेशमै कृषिखेतीमा आत्मनिर्भर हुन लोर्पा गाउँका किसानले सन्देश दिएको वडाध्यक्ष डिलबहादुर बोहोराले जानकारी दिए । खलंगा बजारमा पुग्ने कृषिजन्य उत्पादन सबैभन्दा बढी यहीँबाट निकासी हुन्छ । यहाँको आलु, स्याउ, ओखर बाहिरसमेत निर्यात हुने गरेको गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)