ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्याउका बिरुवा विक्री नहुँदा जलाएर नष्ट

२०७९ बैशाख, २२  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जुम्ला । जुम्लामा स्याउका बिरुवा विक्री नभएपछि जलाएर नष्ट गरिएको छ । विक्रीका लागि लगाइएका, तर विक्री नभएपछि किसानले बिरुवा नष्ट गरेका हुन् ।

जुम्लाको पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढाले विक्री नभएपछि करीब ६ हजार स्याउका बिरुवा जलाएर नष्ट गरेका हुन् । यसअघि स्याउका बिरुवा बेचेरै औसत मासिक २ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका उनले यस वर्ष विक्री नभएपछि जलाउनुपरेको सुनाए । ‘स्याउका बिरुवा बेचेर वार्षिक २४ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको थिएँ,’ उनले भने, ‘यसपालि विक्री नभएपछि उखेलेर जलाएर नष्ट गरेँ ।’ उनले २ दशकदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् ।

बुढालाई जस्तै तातोपानी गाउँपालिकाका जीवलाल न्यौपानेलाई स्याउको बिरुवा विक्री नहुँदाको पीडा छ । यस वर्ष ९ हजार स्याउका बिरुवा उत्पादन गरेका उनी एउटा पनि विक्री नभएपछि निराश देखिन्छन् । ‘९ हजार बिरुवा उत्पादन गरेको छु,’ न्यौपानेले भने, ‘हालसम्म एउटा पनि विक्री भएको छैन ।’

जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा हाल स्याउका ११० नर्सरी दर्ता छन् । केही किसानले दर्ता नगरेरै पनि नर्सरीमा स्याउका बिरुवा उत्पादन गर्दै आएका छन् । कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीले किसानले उत्पादन गरेको स्याउका बेर्ना विक्री नभएको गुनासो आएको बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)