सुर्खेत (अस) । सुर्खेतको चिङगाड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका बोधविक्रम जिसी निर्वाचित भएका छन् । उनी आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डोरप्रसाद शर्मालाई १ सय २ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । जिसीले ३ हजार ३ सय ६४ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा समेत नेकपा एमालेका मिनाकुमारी रोकाया ३ हजार ३ सय ५४ मत ल्याएर निर्वाचित भएकी छन् ।
रोकायाका प्रतिद्वन्द्वी मनमाया आचार्यले ३ हजार १ सय ९८ मत प्राप्त गरेकी छन् । चिङगाडमा १० हजार ७ सय २९ मतदाता रहेकामा ७ हजार २ सय ७५ मत खसेको निर्वाचन अधिकारी खनालले जानकारी दिए । उनका अनुसार ६ ओटा मात्र वडा रहेको चिङगाड गाउँपालिकाका १, ४ र ५ वडाध्यक्षमा समेत एमालेले जितेको छ ।