ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शारदा नपामा कांग्रेस र कपुरकोटमा समाजवादी विजयी

२०७९ जेठ, ६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सल्यान । सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेसका प्रकाश भण्डारीले ६ हजार १२७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनोज प्रधानले चार हजार ९३७ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा कांग्रेसकै सुस्मिता सापकोटाले पाँच हजार ३८० मत प्राप्त विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले चार हजार ५२२ मत प्राप्त गरेका छन् । शारदा नपामा यसअघि पनि दुवै पदमा कांग्रेस विजयी भएको थियो । नगरपालिकाभित्रका १५ वडामध्ये कांग्रेसले आठ वडाध्यक्ष, एमालेले पाँच र माओवादी र समाजवादीले एक–एक वडाध्यक्ष जितेका छन् ।

यस्तै, कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका दुर्गा पुनले तीन हजार १६० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर सेनले दुई हजार ९३६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादीका प्रकाश भण्डारी तीन हजार २४० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीम बुढाथोकीले दुई हजार ७४५ मत प्राप्त गरेका छन् । छवटा वडा रहेको कपुरकोटमा तीन वडामा एमाले, एक वडामा कांग्रेस, एक वडामा माओवादी र एक वडामा राप्रपा विजयी भएका छन् ।

दशओटा स्थानीय तह रहेको जिल्लामा हालसम्म पाँच स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ भने पाँच तहमा मतगणना भइरहको छ । हालसम्मको मतपरिणाम अनुसार कालीमाटी र छत्रेश्वरी गाउँपालिकामा एमाले, वागचौर, वनगाड, कुपिण्डे नगरपालिका र दार्मा गाउँपालिकामा माओवादीको अग्रता कायम छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)